२८ श्रावण, २०७६
शीतलपाटीन्युज डटकम।
फानवोरो, लण्डन। पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले एउटा बिशेष कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनायो। बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदी प्रमुख अतिथी रहेको सो कार्यक्रमको अध्यछ्यता समाजका अध्यछ्य बाचस्पति रेग्मीको अध्यछ्यतामा भयको थियो। बरिष्ठ उपाध्यछ्य गोपाल थापाले स्वागत मन्तब्य राख्नु भयको सो कार्यक्रमको संचालन महासचीव खोम कंवर र सचीव बुध्दि गाहाले संचालन गर्नु भयको थियो। उपाध्यछ्य लछ्मी आले र पाल्पाली दिदीबहीनीहरूको टीमले पाहुनाहरूको स्वागतको ब्यवस्था मीलाउनु भयको थियो।
उत्सवको अवसरमा ८६ वर्षीया आमा भूमिसरा थापालाई ’मदर अफ द पाल्पाली समाज युके‘को उपाधिले सम्मान गरिएको थियो। उहालाई कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र संस्थाका अध्यक्ष वाचस्पति रेग्मीको बाहुलीबाट सर्टिफिकेट र खादाद्वारा सम्मान गरिएको हो।
भूमिसरा थापाको स्थायी ठेगाना पूर्वी पाल्पा, ताहूँ घोर्पालछाप हो भने उनका पति सार्जेन्ट अम्मरसिंह थापा (सारूमगर) ६ गोर्खा राईफल्स ब्रिटिश आर्मीका एक अवकाश प्राप्त सैनिक हो। उहाका दुई सन्तान अर्थात् एक छोरा र एक छोरी छन्। बृध्दा थापा छोरा याम थापाका सपरिवारका साथ बेलायतको लण्डनमा बसोबास गरिरहेकी छन् भने छोरी सङ्गिनी राना सपरिवार सहित अमेरिकामा बस्दै आएकी छन् ।
साथै कोषाध्यछ्य दल थापा,पुर्ण नेपाली, गोविन्द राना, थीर थापाले पाहुनाहरूलाई गेटपासमा ब्यवस्थीत प्रवेश ब्यवस्था मीलाइएको सो कार्यक्रममा स्थानिय कलाकार मोहन रानाको ब्याण्डले मनोरन्जन दियको थियो। नेपालबाट आउनु भयका राष्ट्रिय कलाकारहरूमा जमुना राना, भुमीका शाह र कुमार पुनको बेजोड लोकभाका र स्थानिय कलाकारहरू दिलमाया राना, सुजाता थापा, नरमाया थापा पुनम गुरूङ, जेसीका आले, सुरछ्या राना र ग्यानी थापा समेतको नृत्य अत्यन्त मनोरन्जनात्मक भयकोले सबै पाल्पालीहरू झुमेर नाचेको देखीयको थियो।
समाजको कार्यक्रममा अहोरात्र खटिनु भै अमुल्य सुझाव सल्लाहा दिनु हुने रीसीराम राना, पुर्व अध्यछ्य स्याम सीह राना र निवर्तमान अध्यछ्य बम बहादुर सुर्यबंशीलाई समाजको संरछ्यक र रि क्या हरी बहादुर थापा, निधीराज थापा, रि क्या बिष्णु श्रेष्ठ, रन थापा, मीन सारू, नेत्र थापा र रि क्या भीम सारूलाई सल्लाहाकारमा मनोनित गरी खादा र सर्टीफिकेट दिई महामहिम राजदुत डा सुवेदी र अध्यछ्य बाचस्पति रेग्मीले सम्मान गर्नु भयको थियो।
गुल्मी समाज युकेका अध्यछ्य टोप पल्ली, पाहुनाहरू थर्क सेन, रामशरण सीङखडा, कमल पौडेल, मीलन घिमीरे,बसन्त नेपाल, पशुपति पोखरेल आउनु भयको सो कार्यक्रममा उत्कृष्ट बिध्यार्थीहरूलाई सम्मान गरीयको, राउफल ड्र खोली आधा तोलाको सुनको गहना पुरष्कार बितरण गरीयको, कलाकारलाई सम्मान गरीयको, प्यालेस रेष्टुरेन्ट अल्डरसटको मीठो खाना,
नेपाली राष्ट्रिय र स्थानीय कलाकारको गानाले भरीयको कार्यक्रम हलमा पाल्पामा रहेका भैरवस्थान, भगवतीस्थान, नारायणस्थान, रम्भापानी,सत्यवती, शीध्दवावासंग शान्तीका लागी आशीर्वाद माग्दै कार्यक्रम सम्पन्न भयको थियो।