Friday October 02, 2020

चितवन प्लस टु अफ द इयरको अडिसन शुरु

२२ असार, २०७५ शीतलपाटीन्युज डटकम । 1709



शीतलपाटीन्यूज डटकम

चितवन । चितवन जिल्लामा रहेर कक्षा १२ मा पढ्दै गरेको वा परिक्षा दिएर बसेका पुरुष र महिलाहरु बिच ‘चितवन प्लस टु अफ द इयर २०१८’ को प्रतियोगीता शुरुभएको छ । असार ९ गते भएको पहिलो अडिसनपछि दोस्रो अडिसन असार २३ गते शनिबार हुँदैछ । पहिलो र दोस्रो अडिसनबाट छानिएकाहरु बीच प्रतिस्पर्धा हुनेछ ।

टप वान मिडियाले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा भाग लिन चाहाने पुरुष र महिलाका लागि दुई फरक प्रतिस्पर्धा हुनेछ । प्रतियोगीहरु १६ वर्ष माथिका उच्च माध्यमिक तह पढ्दै गरेको वा कक्षा १२ को परिक्षा दिएर बसेको हुनु पर्नेछ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने बताइएको छ । ट्रेनरहरुबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिनेछन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक रब्स सापकोटाले गराए ।

प्रतियोगिताको विजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित फिल्म, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?