Sunday August 14, 2022

एनआरएन युके अध्यक्षको उम्मेदवारमा शेर सुनार र पुनम गुरुड्ग बिच कडा प्रतिस्पर्दा हुने

२९ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम । 1537


एनआरएन युके अध्यक्षको उम्मेदवारमा शेर सुनार र पुनम गुरुड्ग बिच कडा प्रतिस्पर्दा हुने

शीतलपाटीन्युज डटकम।

लण्डन । लण्डनबाट प्रसारित अनलाईन र लाईभ समाचार अनुसार एनआरएन युकेको अध्यक्षमा हालका उपाध्यक्षहरु शेर बहादुर सुनार र पुनम गुरुड्गको भीडन्त हुने देखीयको छ। यो कुरा हिजो बेलुका एक प्रेस मीट मार्फत अध्यक्षका आकांक्षी उम्मेदवारहरु मध्य प्रेम गाहा मगर, ललित कुमार न्यौपाने र सुसीला राईले अध्यक्षको पदको दावी छाडेर अरु पदमा दावी गरेको कारण यस्तो भयको हो । अध्यक्षको दावी छाड्दै प्रेम गाहा मगरले एनसीसी कै उपाध्यक्षमा र ललित कुमार न्यौपाने साथै सुसीला राइले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भयको छ। आकांक्षी उम्मेदवार शेर बहादुर सुनारले प्रेसमीटका क्रममा आफु एनआरएन अभीयान कै शुरु देखी लागेको, गैरआवासीय नेपाली संघ युकेलाई एनआरएनको जननी मान्दै गर्दा आफु शुरु देखी हरेक तह र तप्का रहेर सेवा गर्दै आयकोले अध्यक्ष भयर धेरै काम गर्ने इच्छा रहेको जनायका थिए।

बिश्व एनआरएन ८० राष्ट्रमा फैलदा सम्म आफुले धेरै काम गरेकोले कामको मुल्याड्कन गर्दै जिम्मेवारी मलाई दिनु हुन भन्दै अनुरोध गरेका थिए।प्रेम गाहा, ललीत न्यौपाने र सुसीला राईको घोषणा पत्र मेरै घोषणापत्र भयकोले सबैको घोषणा पत्रलाई आफ्नै सम्झेर घोषणापत्र अनुसार काम गर्ने प्रतिबध्दता जाहेर गर्दै प्रतिस्पर्दी पुनम गुरुड्गलाई पनि आफुलाई सहयोग गरी एनआरएन युकेमा हातेमालो गर्दै जाऔ भन्दै आब्हान गरेका थिए।

१० हजार सदस्यता भन्दै आयकोमा १३८९० भयर पुरा सफल भयकोले अव अध्यक्ष भयर नागरीकता निरन्तरता, नेपालमा पर्यटनको बिकास र लगानी बढाउने उनको लक्ष्य भयको बताएका थिए। १४ सेप्टेम्वर २०१९ नजीकै आईसकेको अवस्थामा मीलेर जानु पर्ने उनको धारणा थियो। एनआरएनको हरेक अभीयानमा अग्रणी भुमीका खेलेको युकेले यस पटक पनि सदस्यता दर्तामा उदाहरणीय रेकर्ड बनाएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आसन्न निर्वाचनको लागि अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका ५ जना मध्य ३ जना ( प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपाने) चुनावी मैदानमा नजाने र अध्यक्ष पदको लागि सुनारलाई समर्थन गर्ने निर्णय गरेका छन् । उनीहरुले मंगलवार अल्डरशटमा एक संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उक्त निर्णय सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी ललित न्यौपानेले एनआरएनए सानो घेरामा राखेर समाजको हित नहुने वताए । उनले चार जना साथीहरुले मिलेर जाने प्रस्ताव ल्याएको त्यसलाई आफुले स्वीकार गरेको वताए । उनले सक्षम नेतृत्व चयन गर्नु पर्नेमा जोड दिए। अर्का प्रत्यासी शुसिला राईले आफ्नो उम्मेदवारी फिर्ता लिदैं शेर सुनारलाई सहयोग गर्ने वताइन भने अर्का प्रत्यासी प्रेम गाहामगरले दलित जातिबाट एनआरएनको नेतृत्व भएमा पूर्ण समावेशी हुने भएका कारणले शेर सुनारलाई अध्यक्षमा समर्थन गरेको वताए। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारले सबै जना मिलेर अगाडी बढे मात्र एनआरएन पूर्ण हुने वताए । उनले यसअघि संघले दिएको जिम्मेवारी पुरा गरेको स्मरण गरे । उनले आफ्नो योगदानको कदर गर्दै आगामी निर्वाचन अध्यक्ष पदमा विजयी गराउन आग्रह गरे । पत्रकार सम्मेलनमा शसांक शर्मा, नारायण कंडेल, प्रवेश केसी, ओम थापा, एनआरएनएका पूर्व सल्लाहकार विश्वआर्दश पण्डित लगायतले शुभकामना दिएका थिए। १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि निर्णायक शक्तिको रुपमा रहेको मिडल्याण्डवासीले अध्यक्षकी प्रत्यासी पुनम गुरुङलाई सहयोग गर्ने घोषणा गरे पछि यो सहमति भयको बताएका थिए। गत सोमबार साँझ मिडल्याण्डबाट चुनाब लड्ने उम्मेदवारीहरु र पुनम गुरुङ पक्षले लिखित रुपमा चार बुँदे सम्झौतामा हस्ताक्षर गरे पछी यो समीकरण आयको हो। १८ अगस्तमा मनोनयन दर्ता भयपछी मात्रै अरु खाका आउने छ। लण्डन नेपाल न्युजले लाइभ गरेको कार्यक्रममा एभरेष्ट टाइम्सबाट पुर्ण गुरुड्ग, शीतलपाटीन्युजबाट बाचस्पति रेग्मी, खुसी लिम्बु डटकमबाट खुसी लीम्बुको उपस्थीती थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?