Monday May 29, 2023

“Hike for Nepal in Wales UK 2018” पदयात्रा कार्यक्रम सम्पन्न

२१ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 3362



शीतलपाटीन्युज डटकम।

पोखरेली मन्च युके एवम “We will Rise” हंगकंगको आयोजनामा आज “Hike for Nepal in Wales UK 2018” पदयात्रा कार्यक्रम सम्पन्न भयो।प्रमुख अतिथी महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी रहनु भयको सो कार्यक्रमको अध्यक्षता पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गले गर्नु भयको थियो भने कार्यक्रम संयोजक तमु पे ल्हु संघ युकेका अध्यक्ष मेजर रिटायर्ड खुसीमान गुरुड्ग (एमभीओ) ले गर्नु भयको थियो। 

महासचीव मोहन थापाद्वारा संचालीत कार्यक्रममा सहभागी हुन  नेपालबाट आउनु भयका १३ औ पटक सगरमाथाको सफल आरोहण गरेका फुर्बा तेन्जिङ शेर्पा  र  १६ बिधामा गिनिज बुक रेकर्ड गरेका स्थानेस्वर गुरागाइ , नायिका ठुल्छिम लामा गुरुड्ग , We will Rise का फाउण्डर प्रेसीडेन्ट तुलसी गुरुड्ग, हंगकंग प्रेसीडेन्ट सुरज गुरुङ, नेपाल प्रेसीडेन्ट निर्मल  श्रेष्ठ, वयल्स राज्य ब्रेकन र रेड्नोसायरका सासद कृश डेविस, निजकी श्रीमती लीज डेविस, चेयरमेन अफ पयज कन्ट्री काउन्सिलका काउन्सिलर डेभीड मेरीडिथ, चेयरमेन वरसीपफुल मेयर अफ टेलगार्थ टाउन काउन्सीलका काउन्सीलर विलीयम पावेल, द वरसीपफुल मेयर अफ ब्रेकन काउन्सीलका काउन्सीलर मेनी ट्रलर, द वरसीपफुल मेयर अफ ब्रेकन काउन्सीलका काउन्सीलर एन्न मेथीस, ब्रेकन टाउन काउन्सीलका पुर्व मेयर काउन्सीलर इयुन विलीयम, टेलगार्थ काउन्सीलका पुर्व मेयर काउन्सीलर ज्याक्युइ वाइल्डीड्ग,मीस्टर जोन वाइल्डीड्ग , मीस्टर वीइली एण्ड मीसेस एन्थीया वीइलीका साथै पटक पटक नेपाल पुगेका मीस्टर कोलीन प्रिसी र मीसेस आइरन प्रिसीको उपस्थीती रहेको सो कार्यक्रममा नेपाल र नेपालीलाई सहयोग गर्नेहरुलाई प्रमुख अतिथी महामहिम राजदुत डा दुर्गा बहादुर सुवेदीले “टोकन अफ लभ “ प्रदान गरी स्थानिय नेताहरुलाइ सम्मान गर्नु भयको थियो ।

सो कार्यक्रम भब्य सफल बनाउन स्थानीय निकायहरुमा ब्रेकन नेपाली सोसाइटी,द गोरखा इन, डिफाइड एण्ड पुलीस,वयल्स एम्बुलेन्स र द माउन्टेन रेस्कु टीम पनि आवस्यकता अनुसार परिचालन हुन तयारी अवस्थामा रहेको थियो ।

पोखरेली मंच युकेले नेपालमा पर्यटन बिकासका लागी प्रचार प्रसार गर्न “हाइक फर नेपाल इन वयल्स, युके” कार्यक्रममा We will Rise हंगकंगका फाउण्डर प्रेसीडेन्ट तुलसी गुरुड्गले सहयोग पुर्याउनु भयको छ ।प्रमुख अतिथी महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी, श्रीमती पुनम राज्य लक्ष्मी सुबेदी, वयल्स राज्य ब्रेकन र रेड्नोसायरका सासद कृश डेविस, निजकी श्रीमती लीज डेविस र मेयर, काउन्सीलरहरु,कार्यक्रम संयोजक मेजर रीटायर्ड एवम तमु पे ल्हु संघका अध्यक्ष खुसीमान गुरुड्ग, श्रीमती मंजु गुरुड्ग , संस्थापक अध्यक्ष क्याप्टेन सीवी पुन, प्रोग्राम व्यवस्थापन गर्ने पोखरेली मंचका उपाध्यक्ष करम गुरुड्ग, पाहुना व्यवस्थापन र प्रचार प्रसार गर्ने मंचका उपाध्यक्ष बाचस्पति रेग्मी , महासचीव मोहन थापा,संस्थाका सल्लाहाकारज्युहरु , बगरभाई खलकका अध्यक्ष एवम संस्थाका सल्लाहाकार चन्द्रमान गुरुड्ग, कार्यसमितीका पबित्र गुरुड्ग, ललीत गुरुड्ग, शीतल पुन, मंचका परिवारहरु , बेलायतस्थीत संघसंस्थाका प्रमुखहरु, पत्रकारहरुलाई कार्यक्रम सफल पुर्याउनु हुने सबैलाई पोखरेली मंचका अध्यक्ष मान प्रसाद गरुड्गले धन्यवाद दिनु भयको छ। हाइक फर नेपाल कार्यक्रम भब्य रहेको र सबै सामाजीक अभीयन्ता साथिहरु लगायत १४० जना सहभागी रहेको ब्ल्याक माउन्टेन पदयात्राले नेपालको  पर्यटन बिकासमा कोसेढुड्गा कायम गर्नेछ भने भीजीट नेपाल बर्ष २०२० ( Visit Nepal 2020 ) लाई प्रबर्द्धन गर्ने आशा गरियको छ ।

साथै पोखरेली मंच युकेले नेपालमा पर्यटन प्रवर्धन गर्ने उदेश्यले गरीयको यो हाइक फर नेपाल कार्यक्रम यो दोश्रो बर्ष हो । ३अगस्तमा क्याम्पीड्ग, टेन्टीड्ग, ग्यादरीड्ग र नाच गरी मनाईयको कार्यक्रम स्वादिष्ट खाना समेत ब्यवस्था गरीयको थियो । ४ अगस्तका दिन प्रमुख अतिथी महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी रहेको पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गको अध्यक्षतामा संयोजक मेजर रीटायर्ड खुसीमान गुरुड्ले कार्यक्रम संचालन गरेको र वयल्सका सांसद एवम मेयर काउन्सीलरहरुलाई १३ पटक सरगमाथा आरोहण गर्ने फुर्वा तेन्जीड्ग शेर्पा  र १६ विभीन्न बिधामा गीनीजबुक रेकर्ड राख्ने स्थानेस्वर गुरागाईले टोकन अफ लभद्वारा सम्मान गर्नु भयको थियो ।त्यस पश्चात टेलगार्थमा रहेको ब्ल्याक माउन्टेनमा बिशाल नेपाली र बिदेशी टटीमले पैदलयात्रा गरी शीखरमा नेपालको झण्डा गाडीयको थियो । बेलुका ब्रेकन नेपाली समाजले राखेको स्वागत कार्यक्रममा नेपथ्यका गायक रविन श्रेष्ठ र गायीका शीतल पुनले भरपुर मनोरन्जन दियो र We will Rise का फाउण्डर प्रेसीडेन्ट तुल्सी गुरुड्गले मेजर रीटायर्ड एवम कार्यक्रम संयोजक खुसीमान गुरुड्ग र श्रमती मंजु गुरुड्गलाई मायाको चिनो प्रदान गर्नु भयको थियो ।पोखरेली मंचको आयोजनामा भयको सो कार्यक्रममा बोटीड्ग, पदयात्रा, सांस्कृतीक कार्यक्र, स्वादिष्ट खाना, क्याम्पीड्ग र टेन्टीड्ग अत्यन्त मनोरन्जनपुर्ण थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?