Thursday March 04, 2021

लण्डनमा नेपाली मेलाको भब्य तयारी: सहभागी भएर मनोरन्जन लीन तमुधी युके अध्यक्ष नन्दजंग गुरुड्गको निमन्त्रणा

१ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम । 1855


लण्डनमा नेपाली मेलाको भब्य तयारी: सहभागी भएर मनोरन्जन लीन तमुधी युके अध्यक्ष नन्दजंग गुरुड्गको निमन्त्रणा

बाचस्पति रेग्मी।

केम्पटनपार्क, लन्डन। बिभीन्न पेशाका लागी नेपालबाट बेलायत आई बसोबास गरेका नेपालीहरुको ११औ संस्करणको नेपाली मेलाको तयारी पुरा भयको कुरा मेला हुने स्थान केम्पटनपार्क लण्डन मै एक पत्रकार भेलाको आयोजना गरी तमुधी युकेले स्पष्ट पारेको छ।

नेपाली कला, संस्कृति,भेषभूषा, खाना र नेपाली पर्यटन झल्काउने एउटा वृहत नेपाली मेला आउंदो आइतबार केम्पटन पार्क रेसकोर्समा हुदै छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुड्ग मुख्य अतिथी रहने सो कार्यक्रम अतिथी सत्कार संयोजक मेजर रि. कृष्ण गुरुंगले विशेष अतिथीहरुमा राजदूत डा. दुर्गाबहादुर सुवेदी सहित विभिन्न देशका राजदूतहरु, कुटनीतिज्ञहरु, सामाजीक अभीयन्ताहरु समेत तीन सय अतिथीको सहभागिताको लागी निमन्त्रणा गरिएको बताए।

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने मेलामा २८ संघसंस्थाले झांकी प्रदर्शन गर्ने, स्टेजमा विभिन्न ११ समूहका नाच प्रस्तुत हुने, ६ वटा खाना स्टल र अन्य २५ व्यापारिक स्टल रहने मेला संयोजक एवम तमुधी युकेका उपाध्यक्ष जुमकाजी गुरुङले कार्यक्रम प्रस्तुत गर्दै जानकारी दिएका थिए। मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने पहिलो समूहलाई ११ सय पाउण्डको नगद पुरष्कार र एम्बासडर कप, दोश्रो हुनेलाई तीनसय पाउण्ड र एनआरएनए कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएका छन्। त्यस्तैगरी नृत्यमा उत्कृष्ट हुने पहिलो समूहलाई ५ सय पाउण्ड, झांकी र नृत्य प्रस्तुत गर्ने दुई समूहलाई सान्त्वना स्वरुप दुई दुई सय पाउण्ड दिइनेछ । प्रवेश टिकट राफल ड्रमा पहिलो पुरष्कार नेपाल रिटर्न हवाई टिकट र दोश्रो पुरष्कार एकतोला सुन राखिएको छ ।

तमुधी युकेका प्रवक्ता रोहित गुरुड्गले संचालन गरेको सो प्रेषमीट कार्यक्रमको अध्यक्षता तमुधी युकेका अध्यक्ष नन्दजंड्ग गुरुड्गले गर्नु भयको थियो । बरिष्ठ उपाध्यक्ष हितकाजी गुरुड्गले स्वागत मंतब्य राख्नु भयको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेस खपाड्गी मगर, पुर्व अध्यक्षहरु नवीन पोखरेल र चिरन शर्मा, शीतलपाटीका सम्पादक बाचस्पति रेग्मी, लण्डन नेपाल न्युजका सम्पादक शीव भण्डारी , एभरेष्ट टाइम्सका पुर्ण गुरुड्ग, मधुकर गुरुड्ग र एस के गुरुड्ग , गोरखा अनलाइनका नरेन्द्र बस्नेत , प्रकास कडेल समेत पत्रकारहरुलाई खादा लगाई स्वागत गरीएको थियो।

तमुधिं यूकेले सन् २००९ देखि हरेक बर्ष लन्डनमा मेला गर्दै आएको छ। नेपाली कला, संस्कृति, भेषभूषा जोगाउन र विभिन्न समुदायलाई एकै ठाउंमा ल्याउने उद्देश्यले मेला गरिएको संयोजक गुरुड्ग सो प्रस्तुतीका क्रममा जनाएका थिए। मेलामा प्रवेश शुल्क ५ पाउण्ड, १२ वर्ष मुनीका बालबालिकाका लागि ३ पाउण्ड, कार पार्क शुल्क ५ पाउण्ड र बस शुल्क १२ पाउण्ड तोकिएको मेलामा अनुमानित खर्च ३५ हजार पाउण्ड लाग्ने र ३२ हजार आम्दानी हुने अपेक्षा गरिएकाले मेलामा घाटामा जाने अनुमान छ ।

पत्रकारहरुको प्रश्नको उत्तर दिदै अध्यक्ष नन्दजंग गुरुङले नेपाली मेला शुरु भएको ११ वर्षमा यसको उपलब्धि नेपाली कला, संस्कृति र भेषभूषा भावी सन्ततिमा हस्तान्तरण गर्न बल पुगेकोले सबै नेपालीहरुलाई निमन्त्रणा गर्दै विभिन्न समुदायबीच अन्तरघुलन र विदेशी कुटनीतिज्ञहरुको उपस्थितिले नेपालबारे अन्तर्राष्ट्रिय प्रचार प्रसार ,पर्यटन प्रवर्धनमा सघाउ पुग्ने समेत अध्यक्ष गुरुड्गले बताउनु भयो।

तमुधी युके संस्थापक अध्यक्ष मीन गुरुड्ग सीकलिसे, पुर्व अध्यक्ष ज्ञाम गरुड्ग , उपाध्यक्ष हरि गुरुड्ग, सहारा उपाध्यक्ष कुसाड्ग गुरुड्ग, महासचीव तुलाराम गुरुड्ग, कोषाध्यक्ष कुमार गुरुड्ग,तमुधी युके सल्लाहाकारहरु, आमा समुहका आमा दिदी बहीनीहरु, कार्यसमीती सदस्यहरु उपस्थीत कार्यक्रममा आमा समूहकी सचिव यशोधा गुरुङले आमा समूहले काउन्टरमा टिकेट व्यवस्थापन गर्ने, सारीको एक स्टल राखेर संकलित रकम क्यान्सर पीडितलाई सहयोग गर्ने योजना रहेको बताएकी थिईन। मेलामा सुरक्षा र स्वास्थ्य सेवा उचित प्रवन्ध हुने आयोजकले जनाउदै युवाहरुका लागि २ घण्टा समय छुट्याइएको र उनीहरुले गीत संगीत प्रस्तुत गर्ने जनाइएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?