Saturday October 23, 2021

अभिनेत्री सुभद्रा अधिकारीको निधन

१ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1983


अभिनेत्री सुभद्रा अधिकारीको निधन

शीतलपाटीन्युज डटकम।

नेपाली चलचित्रक्षेत्रले आमाको रुपमा लिएको अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । चार दशक अघिदेखी नेपाली चलचित्रको अभिनय यात्रा सुरु गरेकी सुभद्राको शनिबार काठमाडौंस्थित आफ्नै निवास डल्लुमा निधन भएको हो । ७३ बर्षिय सुभद्रा केहिबर्ष यता दम रोगबाट पिडित थिइन् । 
अभिनेत्री सुभद्राको शव शनिबार पशुपति आर्यघाटमा बिद्युतिय शव गृहमार्फत अन्येष्टि गरियो । अन्त्येष्टिमा नेपाली चलचित्रक्षेत्रका थुप्रै चलचित्रकर्मि तथा सर्वसाधारणको भिड लागेको थियो । सुभद्राको पार्थिव शरिरमा श्रद्धान्जली अर्पणका लागी दिउँसो १ बजेदेखी ३ बजेसम्म राखिएको थियो । भने साँझ ४ बजे दाह संस्कार गरिएको थियो ।

पशुपति आर्यघाटमा चलचित्रकर्मिहरुका साथै पर्यटन मन्त्री योगेश भट्टराई पनि पुगेका थिए । उनले नेपाली कला क्षेत्रमा सुभद्रा अधिकारीको योगदान अतुलनिय रहेको बताए । अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, रेखा थापा, सुनिल थापा लगायत पशुपति आर्यघाट पुगेका थिए । यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का लगायतको कार्यसमिती टिम पनि पशुपति आर्यघाट पुगेको थियो ।
आर्यघाटमा चलचित्र कलाकारसंघका अध्यक्ष खड्काले चलचित्रक्षेत्रमा रहेका थुप्रै अभिनेत्रीहरु मध्ये शालिन र अनुसासित अभिनेत्रीको रुपमा शुभद्रालाई पाएको बताउँछन् । उनले नेपाली चलचित्रक्षेत्रले एक सदस्य गुमाएको भन्दै दुख ब्यक्त गरे । ‘मैले उहाँलाई बहुमुखि प्रतिभावान कलाकार भनेर सम्झिन्छु । नेपाली चलचित्रक्षेत्रमा अहिलेसम्म पुरा नहुन नसकेको कुरा सरकारी तर्फबाट नेपाली कलाकारहरुको अन्त्येष्टि हुन पाएको छैन । अहिलेपनि कलाकारहरुले पैसा उठाउनु पर्ने दिन छ ।’ खड्काले बिगतका कुरा सम्झदै भन्छन् । ‘अर्को बिडम्बनाको कुरा शुभद्रा दिदीको सांस्कृतिक संस्थानमा जागिर दियो तर त्यो समयमा जिएमको पहुँचमा उहाँलाई निकालियो । त्यसपछि उहाँको आर्थिकस्थित कमजोर भएको थियो ।’
यस्तै चलचित्र बिकाश बोर्डका अध्यक्ष भट्टराईले चलचित्रमा सँगै काम गर्दाको क्षण अहिलेपनि सम्झिएको बताए । उनी भन्छन् ‘महिलाहरुलाई घरबाट बाहिर निस्किन नदिने समय पनि थियो । अझ चलचित्रमा अभिनय गर्ने भन्ने धेरै टाढाको कुरा थियो । तर त्यो समयमा पनि शुभद्रा दिदीले चलचित्रमा अभिनय गर्ने आँट गर्नुभयो । त्यो नै उहाँको ठूलो योगदान हो ।’ सुभद्राले अभिनय गरेका दर्जनौ चलचित्र सफल छन् । चलचित्र ‘भाउजु’मा काम गरेपछि उनलाई चलचित्र क्षेत्रकी भाउजु भनेर समेत चिनिएको थियो । उनले अभिनय गरेका ‘काठमाण्डु, मसान, शासन, बाटो मुनिको फुल, किस्मत, दोस्ती, मनको बाँध, बासुदेव, माया प्रिती, बेहुली, पिरती, कन्यादान, चिनो, कस्तुरी, सपना, भाउजु, स्वर्ग, कर्जा’ लगायतका थुप्रै चलचित्र सफल छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?