२ भाद्र, २०७६
शीतलपाटीन्युज डटकम।
लण्डन। "प्रतिभा नक्षत्रले प्रवासी नेपाली समुदायको साँस्कृतिक प्रवर्धनमा महत्वाकाँक्षी अभिष्ट लक्ष्य पुरा गरेको छ । प्रवासमा पनि रोजीरोटीबाट बचेको समय, शिप,मन दिई कार्यक्रमलाई व्यवस्थित बनाउन यहाँहरूले खेल्नु भएको प्रेरणादायी सामाजिक भूमिका अमूल्य छ ।
कार्यक्रम स्थलसम्म आईदिने दर्शक, देश विदेशबाट आउने पाहुना,कार्यक्रममा भाग लिन आएका भाई बहिनी, चन्दादाता, श्रमदाता, प्राविधिक मित्रहरू, नेपाली संघ संस्थाका प्रतिनिधिहरु, एनआरएनए बेलायत, बालबालिकाका अभिभावकहरु,नेपाली दुताबास र सम्पूर्ण पत्रकार महोदयहरुको सहयोग र साथबाट हाम्रो सुन्दर सपनाले अर्थपूर्ण सार्थकता पाएको छ ।
आगामी दिनहरूमा विभिन्न अनुभवलाई प्रयोग गरेर कमी कमजोरीहरूलाई न्यूनिकरण गर्दै प्रवासी नेपाली र नेपाललाई माया गर्नै सम्पूर्णमा एउटा परिपक्क अभिभावकको भूमिका निर्वाह गर्न प्रतिभा नक्षत्रले कुनै कसुर बाँकी राख्ने छैन । प्रतिभा नक्षत्रले मायाको परिचय पाएको छ । तपाईहरु विना यो सम्भव थिएन ।
“शिम्मी पुन, लगायत अध्यक्ष तथा सम्पूर्ण कार्य समिति प्रतिभा नक्षत्र , युके ।".