Friday October 23, 2020

रीडीड्ग कप फुटवल टुर्नामेन्ट २५ अगस्त २०१८ मा

२२ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 1717



शीतलपाटीन्युज डटकम।

रीडीड्ग युके । ग्रेटर रेडिङ्ग नेपाली समाज एसोसियसन (GRNCA ) ले ई.स.२०११ साल देखि  नियमित रुपमा आयोजना गर्दै आएको रीडीड्ग कप फुटवल टुर्नामेन्ट यस पटक  पनि  २५ अगस्त २०१८ शनिवारका दिन पुर्वी रीडीड्ग स्थित पाल्मर पार्क मैदानमा १२ औ रीडीड्ग कप फुटवल टुर्नामेन्टको आयोजना गर्दैछ l उक्त टुर्नामेन्ट यस समाजको एक प्रमुख, महत्वपूर्ण र लोकप्रिय कार्यक्रम हो । समाजले ऊक्त दिनलाई एऊटा मिनी नेपाली मेलाको रुपमा पनि मनाईँदै आएको छ । कार्यक्रमका अन्य आकर्षणहरुमा बिभिन्न प्रकारका नेपाली खानाका परिकारहरु जस्तै: म:म, सेलरोटी, भुटेको नेपाली चीउरा, मटन, भुटुवा, स्वादिलो अचार, आदीको साथमा प्रचलित  नेपाली लोक संगीत,नाचगान साथै, बिभिन्न नेपाली मौलिक सर-सामानहरुको प्रदर्शनी  र,  ब्यबसायीक तथा स्वयंसेबी संस्थाहरुको कार्यक्रमबारे जानकारीमुलक प्रदर्शनी आदि रहनेछन् । यस पटक यस महत्वपुर्ण ईभेन्टसको समग्र संयोजन यस सँस्थाका ऊपाध्यक्ष श्री यादब श्रेष्ठले गर्नु भएको छ । संयोजक श्रेष्ठका अनुसार Youths र Veterans गरी दुई समुहहरुबाट जम्मा २४ टिमहरुले भाग लिनेछन् । यस tournament का मुख्य पुरस्कार यस प्रकार रहेका छन् : 

 

Winners Prize :

Youths : £१६००, 

Veterans : £1000

Runner up Prizes 

Youths : £१०००,

Veterans : £500

 

यस टुरनामेन्टमा हुने सम्पुर्ण खर्चको मुख्य अँश ट्रफी र पुरस्कारमा खर्च हुने भएकाले माथी उल्लेखित पुरस्कारहरुको लागि सौजन्य प्रदान गरि सहयोग गर्नुहुने महानुभाबहरुलाई पुरस्कार बितरण समारोहमा बिशेष अतिथीको रुपमा निमन्त्रणा गरिनेछ ।सौजन्यकर्ताकै बाहुलीबाट रेडिङ्ग मेयरको समुपस्थितिमा पुरुष्कारहरु बितरण गरिने कुरा संयोजक श्री श्रेष्ठले जानकारी गराउनु भयको छ l यसैबीच यस संस्थाका अध्यक्ष श्री कृष्ण न्यौपानेले एक बिज्ञप्ती मार्फ़त  गतबर्षहरु जस्तै यस पटक पनि  मनकारी महानुभाबहरुको सहयोग र सद्भावबाट मात्रै यस्ता कार्यक्रमहरु सफलतापुर्बक सम्पन्न गर्न सकिने कुरा बताऊनु भएको  छ ।शुरुवात हामी आँफैबाट गरौँ भन्ने भाबनाका साथ यस समाजका अध्यक्ष्यबाट नै शुभारम्भ गरिएको सहयोग रकममा सँस्थाका सम्पुर्ण सदस्यहरुबाट प्रतिबद्धता प्राप्त भैसकेको र सल्लाहकारज्युहरु, सुभेच्छकज्युहरु र अन्य सबै  मनकारी मनहरुलाई जोड्ने जमर्को गर्दै सहयोग रकम संकलन प्रयोजको लागि भाईवर ग्रुप मार्फत उक्त सहयोग संकलन अभियान प्रभाबकारी रुपमा क्रियाशिल गरिनेबारे यस  संस्थाका महासचिव श्री ओमकार अधिकारीले हामीलाई जानकारी दिनु भएको छ । यसबारेमा थप जानकारी चाहिएमा सँस्थाद्वारा प्रकासित 12th Reading Cup संबन्धि अध्यक्ष न्यौपाने (  07939 665482 ) , संयोजक यादव श्रेष्ठ वा ब्यानरमा ऊल्लेखित कुनै पनी नंबरमा सिधै सम्पर्क गर्न सकिने छ l ऊपरोक्त कार्यक्रमालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न आआफ्नो क्षेत्र बाट सहयोग गरिदिनु हुन र कार्यक्रममा ऊपस्थित भएर खेलाडिहरुको मनोबल बढाईदिनुहुन रेडिँग नेपाली समाज सम्पुर्ण बेलायत बासी महानुभाब समक्ष हार्दिक बिनम्र अनुरोध गर्दछ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?