Monday November 28, 2022

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी डिसेम्बर ३ मा बर्मिङहममा

२१ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम । 34259



शीतलपाटीन्युज डटकम।

लण्डन । गुल्मी जिल्ला समाज यूकेले हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम अल्डरसटको कनट स्कुलमा विविध सांस्कृतिक कार्यक्रमहरुको साथमा सम्पन्न  भयो।

१२ औ कार्यक्रममा भाग लिन बर्मिंघम, नटिंगहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट गुल्मेलीहरु अल्डरसटमा भेला भएका थिए।

नेपालबाट आयका गायक महत र गायिका गौतमले आफ्ना प्रसुती पस्कंदा दर्शकले ‘वान्स मोर’ भन्दै गीत दोहोर्याउनु परेको थियो ।

प्रथम नौमती बाजा गुल्मी यूकेको प्रस्तुतिसंगै कार्यक्रमस्थलमा गुल्मेली ठाडो भाका, झयाउरे, रोइला, भजन र दिदीबहिनीहरुका तीजको गीत र नाचगान विशेष आकर्षण बनेका थिए ।

कार्यक्रमको समुद्धघाटन समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा ,एनआरएन आईसीसी सदस्य शान्ति थापा कुँवर, एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगर, एनआरएन युकेका महासचिव आर के त्रिपाठी र समाजका अध्यक्ष राम गलामीले संयुक्त रुपमा गरेका थिए।

 राजदूत डा दुर्गाबहादुर सुवेदी, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी , बेलायतस्थीत पत्रकारहरु दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधीहरु अतिथीका रुपमा सहभागी थिए ।समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो औपचारिक सत्रको सञ्चालन महासचिव शिव भण्डारीले संचालन गरेका थिए । सचिव बिर बलालले हेल्थ एण्ड सेफ्टी ब्रिफीड्ग गरेका थिएभने स्वागत मन्तव्य उपाध्यक्ष एवम कार्यक्रम संयोजक टोप पल्ली, पूर्व अध्यक्ष अर्जुन गौतम र उपाध्यक्ष फडिन्द्र भट्टराईले राखेका थिए ।एनआरएन यूके उपाध्यक्ष प्रेम गाहामगर, महासचिव आरके त्रिपाठी र नेपाल पत्रकार महासंघ अध्यक्ष नरेश खपांगीमगरले पनि शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाले,बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने गुल्मेलिलाई एकै थलोमा जमघट र नेपाली कला संस्कृति संरक्षण गर्नु समाजको उद्देश्य रहेको जनाउंदै सहभागी सबैमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको अन्त्य तीर बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कार्यक्रमले बेलायतमा बस्ने गुल्मेलीहरु बीचको एकता,सदभावका साथै मातृभुमिको प्रेमलाई समेत दर्शाएको भन्दै प्रशंसा गरे। राजदूत डा सुवेदीले कार्यक्रमका लागि नेपालबाट आएका कलकारद्धय बैकुण्ठ महत र सुशिला गौतमलाई प्रशंसापत्र वितरण गरेका थिए ।साथै फिनल्याण्डबाट आएका गुल्मीन्युज डटकमका संस्थापक, सम्पादक सञ्जु काउछाका, नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, सचिव शिव भण्डारी र सदस्य मञ्जु भण्डारीलाई पनि समाजका तर्फबाट संस्थापक अध्यक्ष ओमप्रसाद थापा र अध्यक्ष राम गलामीले खादा र प्रशंसापत्रले सम्मान गरेका थिए। लण्डनमा बस्दै आएका गुल्मेली युवा रवि अर्यालको पहिलो उपन्यास “थेम्स डायरी”को पनि औपचारिक विमोचन गरिएको थियो।

दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन समाजकी प्रवक्ता मञ्जु खरेलले गरेकी थिइन् । कलाकारद्धय बैकुण्ठ महत र सुशिला गौतमको विशेष प्रस्तुतिका साथै विभिन्न स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम समेत त्यसअवसरमा प्रस्तुत गरीएको थियो ।

भेटघाट रेष्टुरेन्टको स्वादिष्ट खाना खादै गुल्मेलीहरु खुला चौरमा बसेर तीज, झ्याउरे, पञ्चे बाजामा रमाएका थिए ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?