Tuesday February 18, 2020

एनआरएन युके सचीव( महिला) पदमा रंजीता मल्लको उम्मेदवारी

५ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम। 1064


एनआरएन युके सचीव( महिला) पदमा रंजीता मल्लको उम्मेदवारी

शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ युकेको सचिव( महिला) पदमा रन्जिता मल्लले उम्मेदवारी दिएकी छन् ।
नेपालीहरुको बाक्लो उपस्थिती र नेपालीहरूको राजधानी जस्तै रहेको अल्डरशट क्षेत्रमा सकृय व्यवसायी मल्लले १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।

सन् २००८ देखी वेलायतमा बस्दै आएकी मल्ल आइटी इन्जिनियर हुन् । उनले नेपालमा महाभूकम्प गएको वेला गोर्खा, लम्जुङ, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ लगायतको जिल्लामा संघका पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा राहत वितरण कार्यमा सकृय भुमिका निर्वाह गरेकी थिइन्। ग्रेटर रसमुर नेपाली कम्युनिटीकी उपाध्यक्ष समेत रहेकी मल्ल विभिन्न च्यारिटी कार्यमा समेत संलग्न छन् ।
नेपाली कोअपरेटीभ इन्भेस्टमेन्ट (एनसीआई) लिमिटेडको निर्देशक समेत रहेकी मल्लले नेपालमा रियल स्टेट, कृषि तथा शेयर बजारमा लगानी गरेकी छन्। स्पष्ट बक्ता र कमाण्डमा निपुर्ण मल्ल सामाजीक काममा निपुर्ण छिन।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?