Friday September 20, 2019

एनआरएन युकेको सदस्यता र निर्बाचन अनलाइन प्रणाली अनुसार गराउने लक्ष्य सहित सचीव पदमा खरेल उम्मेदवार

५ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम। 1202


एनआरएन युकेको सदस्यता र निर्बाचन अनलाइन प्रणाली अनुसार गराउने लक्ष्य सहित सचीव पदमा खरेल उम्मेदवार

शीतलपाटीन्युज डटकम।

वकिड्ग लण्डन। बेलायतका युबा ब्यबसायी विष्णु खरेलले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA UK) इड्गलैण्डको २०१९-२०२१ निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दर्ता गराउनु भएकोछ ।

समाजसेवी एवम एनआरएन अभियानमा धेरै बर्ष देखि संग्लग्न खरेलले १४ सितम्बर २०१९ मा हुने निर्बाचनमा आफ्नो एक मत दिएर सचिब पदमा बिजय गराउन अपील गर्नु भएकोछ । बेलायतका अभियन्ताहरु र बेलायतमा बसोबास गर्ने आमाबुबा दाजुभाई दिदीबहीनी र साथीहरुको लागी सल्लाह सुझावलाई चिन्तन, मनन एवं आत्मसात गर्दै NRNA बेलायतमा काम गर्ने अठोट गर्दै सचिबको पदमा उम्मेदवारी दिएको बताउनु भएकोछ। NRN UK कार्यसमितिको योजना अनुसार र एनआरएन बेलायतको मतदाताहरुको चाहना अनुसार कार्य गर्ने, नेपाल हाउसको अधूरो प्रोजेक्ट पूरा गर्ने, नागरिकता निरन्तरता र भुपु ब्रिटीस गोर्खाहरुको समस्यामा सहकार्य गर्ने, राज्यसमितिहरुको संगठन बिस्तारमा सहयोग गर्ने जस्ता जल्दाबल्दा काम गर्ने प्रतिबध्दता रहेको उहाले बताउनु भएको छ।

एनआरएन युकेको सदस्यता र निर्बाचन अनलाइन प्रणाली अनुसार गराउने लक्ष्य राखी सचीव पदमा उम्मेदवारी दियको शीतलपाटीन्युज डटकमलाई बताउनु भयको छ।

सचीवका उम्मेदवार बिष्णु खरेलको अपिल जस्ताको त्यस्तै:

आदरणीय बेलायतबासी नेपाली आमाबुबा, दिदिबहिनी तथा दजूभाईहरुमा हार्दिक अभिवादन🙏🏻🙏🏻 गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA UK) बेलायतको २०१९-२०२१ निर्वाचनमा सचिव पदका लागि मैले आधिकारिक उम्मेदवार दिएको तथ्य यहाँहरू समक्ष अवगत गराउन चाहन्छु । सबैलाई विदितै छ मेरा पछिल्ला पोस्टहरुमा म एनआरएनए (NRNA) बेलायतको उपाध्यक्ष पदको आकांक्षी देखिएको थिएँ, तर एनआरएनए बेलायतका अभियन्ताहरु तथा बेलायतमा रहेका सामाजिक अभियानका अग्रज तथा सर्जकहरुको सल्लाह सुझावलाई चिन्तन, मनन एवं आत्मसात गर्दै NRNA बेलायतको आगामी सेप्टेम्बर १४ मा हुन गइरहेको निर्वाचनमा सचिबको पदमा उम्मेदवारी दिएको छु । सम्पुर्ण बेलायतबासी नेपालीहरुमा मलाइ सचिव पदमा बिजयी गराउन यहाँहरूले आ-आफ्नो स्थानबाट यथाशक्य सहयोग गर्नुहुनेछ भन्नेमा म पूर्णत विश्वस्त छु।

हार्दिक धन्यवाद

विष्णु खरेल

सचिव पदको प्रत्यासी

(गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA UK) बेलायत)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?