६ भाद्र, २०७६
शीतलपाटीन्युज डटकम।
लन्डन। हरेक बर्ष कला संस्कृतिको प्रदर्सन गर्दै तमु धिं यूकेद्वारा आयोजनामा गरीने नेपाली मेला आउंदो आइतबार २५ अगस्तमा हुने तयारी पुरा भएको छ। बेलायतको यो वृहत नेपाली मेला लाई उद्घाटन गर्न प्रमुख अतिथी गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आज शुक्रबार साँझ १९३० बजे हिथ्रो विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ एमाले प्रदेशसभा संसदीय दल प्रदेश ४ को मुख्यमन्त्री हुन् । उनी शुक्रबार साँझ हिथ्रो विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको कुरा तमुधी युकेका सल्लाहकार एकेन्द्र गुरुङले जानकारी दिनु भयको छ। हिथ्रो टर्मीनल ४ मा आयोजकहरूले मुख्यमन्त्रीलाई भब्य स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ।
अतिथी सत्कार संयोजक मेजर रि. कृष्ण गुरुङले विशेष अतिथीहरु राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित विभिन्न देशका राजदूत, कुटनीतिज्ञहरु गरि करिब तीन सय अतिथीको सहभागिता रहने अपेक्षा गरिएको बताए । केम्पटन पार्क रेस कोर्समा हुने ११ औं नेपाली मेलाको भब्य तयारी भएको आयोजक तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले बताए ।