६ भाद्र, २०७६
शीतलपाटीन्युज डटकम।
फानबोरो, लण्डन। नेपालीहरूको राजधानी मानिने बेलायतको अल्डरसट स्थीत रसमोर बोरो काउन्सीलले भर्खरै निर्वाचीत ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यछ्य रामधन राई लगायतका पदाधिकारीहरू र संस्थाका सल्लाहाकारहरूलाई रसमोर बरो काउन्सीलको च्याम्बर हलमा निमन्त्रणा गरी स्वागत गरेको छ।
हिजो २२ अगस्तका दिन खादा लगाई स्वागत गरीयको सो कार्यक्रममा निवर्तमान अध्यछ्य जीव बेलवासेलाई बिदाई सम्मान गरीयको थियो। उपाध्यछ्यहरू नेम थापा, रंजीता मल्ल, मान गुरूङ र मैया केशी, महासचीव प्रमीला लाबुङ राई एवम कार्यसमीती पदाधीकारी र काउन्सीलका मेयर काउन्सील लीडर डेबिड क्लीफोर्ड,स्थानिय पुलिस अधिकृत समेत उपस्थिती रहेको सो अवसरमा सल्लाहाकारहरूलाई समेत खादा लगाई सम्मान गरीयको थियो।
उपस्थित सल्लाहाकारहरूमा पुर्व अध्यछ्य ओम थापा काउचा, रीटायर्ड मेजर खीम गौचन,चार्टर एकाउन्टेन्ट एल एन पाण्डे,समाजसेवी टम ढेगा, रि क्या हरि बहादुर थापा,री क्या बिष्णु श्रेष्ठ, रि क्या विर बहादुर थापा, री क्या तीर्थ गुरूङ, मेघ गुरूङ, गुल्मी जील्ला युके अध्यछ्य टोप पल्ली, भीम बानिया, चन्द्र गुरूङ लगायत बरीष्ठ समाजसेवि रहनु भयको थियो।
Greater Rushmoor Nepali Community को नबौ कार्यसमितिको पहिलो बैठक र सस्थाको नया कार्यसमीती र सल्लाहकार स्वागत कार्यक्रम भब्य भयको थियो। काउन्सील लीडर डेभीड क्लिफोर्ड र अध्यछ्य रामधन राईले समाजका हेरक काममा परस्पर मीलेर काम गरेर समाजलाई अग्र स्थान राख्ने प्रतिबध्दता ब्यक्त गर्नु भयको थियो। ग्रेटर रसमोर नेपाली कम्युनिटीका रहेको स्थान अत्यन्त संवेदशील रहेको र निवर्तमान अध्यछ्य जीव बेलवासेले समाजलाई शान्त राख्न प्रयास गरे वापत पुरष्कार र सम्मान समेत पाउनु भयको थियो।