Sunday December 15, 2019

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुवा गुरूङलाई लण्डनमा भब्य स्वागत

७ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम। 1493


प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुवा गुरूङलाई लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।

लण्डन । प्रदेश नम्बर ४ गण्डक प्रदेसका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उनको धर्मपत्नी कुमारीमुनी गुरुङलाई लण्डनमा भब्य स्वागत गरीयको छ। मुख्यमन्त्री गुरुड्ग श्रीमती सहित २३ अगष्ट साँझ लण्डनस्थित हिथ्रो एयरपोर्ट टर्मीनल ४ मा उत्रेका थिए।

बेलायत भ्रमण गर्ने नेपालका पहिलो मुख्यमन्त्री गुरुङ तमु धिं युकेको आयोजना र नेपाली राजदूतावास लण्डनको सहकार्यमा सम्पन्न हुन लागेको ११ औं नेपाली मेलामा प्रमुख अतिथीको रूपमा सहभागी हुन धर्मपत्नी कुमारीमुनी गुरुङ समेत बेलायत आएका हुन् ।

हिथ्रो एअरपोर्ट लण्डनमा मन्त्रीको स्वागतार्थ तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, नेपाली राजदूतावास लण्डनका डिपुटी चीफ अफ मीसन शरदराज आरण, थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, मन्त्रीका सहपाठी एवं पूर्व प्रअ एकेन्द्र गुरुङ, एनआरएनए आईसिसि उपाध्यक्ष कुल आचार्य, तमुधिं युके पूर्व अध्यक्ष मेजर डमर घले एमबीइ, तमुधी युके पुर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष एवं नेपाली मेला संयोजक जुमकाजी गुरुङ, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु, लमजुंग समाज युकेका अध्यक्ष विश्वजंग गुरुङ, पोखरेलीमंचका उपाध्यछ्य बाचस्पति रेग्मी, महासचीव मोहन थापा, आफन्तजनहरु हिथ्रो एयरपोर्ट पुगेका थिए। उपस्थित सबैले खादा लगायर स्वागत गरेका थिए।

सन् २००९ साल देखि प्रत्येक बर्ष आयोजना हुदै आएको नेपाली मेलाले बेलायतमा नेपालीपनलाई जीवन्त राख्न, नेपालको पर्यटन बिकासमा सघाउ पु-याउन, स्थानीय वासिन्दाहरुसंग इन्टीग्रेशन गर्न, युवा पुस्तामा नेपाली कला र संस्कृति हस्तान्तरण गर्न नेपाली मेलाले ब’महत्वपुर्ण भूमिका खेल्दै आएको छ । मेलामा २८ संघसंस्थाले झांकी प्रदर्शन गर्ने, स्टेजमा विभिन्न ११ समूहका नाच प्रस्तुत हुने, ६ वटा खाना स्टल र अन्य २५ व्यापारिक स्टल रहने मेला संयोजक जुमकाजी गुरुड्गले जनाउनु भयको छ।

नेपाली कला, संस्कृति, भेषभूषा जोगाउन र विभिन्न समुदायलाई एकै ठाउंमा ल्याउन सक्ने मेलाबाट आसा गरिएको छ। करीब एकहप्ता बेलायतमा रहनु हुने मुख्यमन्त्री गुरुङले बेलायतस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनु हुनेछन् । त्यस्तै,गण्डकी प्रदेशमा लगानीको संभावना, नेपालको पर्यटन बिकास, नेपालको वर्तमान राजनैतिक परिस्थिति बारे छलफलको समय तय हुनेछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?