८ भाद्र, २०७६
शीतलपाटीन्युज डटकम।
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को राष्ट्रिय अधिवेशन ७ सेप्टेम्बरका लागि तोकिएको छ। अल्डरसट को कनट सकुलमा हुने सो अधिबेशन ७ सेप्टेम्बरको ११ बजे देखि ५ बजे सम्म हुनेछ । एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि आगामी सेप्टेम्बर १४ मा निर्वाचन र अधिवेशन छुट्टाछुट्टै मितिमा गर्न लागिएको हो। १४ औं राष्ट्रिय अधिवेशन बेजिङस्टोकमा गरिने एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले बताउनु भयको छ।
यसैवीच, अध्यक्ष फगामीको अध्यक्षतामा शुक्रबार अल्डरसटमा बसेको उपलव्ध कार्यसमिति बैठकले कार्यविभाजन समेत गरेको छ । अध्यक्ष फगामीका अनुसार निर्वाचन समितिसँग समन्वय गर्न र निर्वाचनको व्यवस्थापकीय पक्ष सरल बनाउन उपमहासचिब विनय अधिकारीलाई जिम्मा दिइएको छ। त्यस्तै, निर्वाचन निष्पक्ष बनाउन विदेशी सेक्यूरिटी अफिसर राख्ने र सिसिटिभी जडान गर्ने निर्णय बैठकले गरेको छ । यसका लागि कार्यसमितिले निर्वाचन समितिसँग समन्वय गर्नेछ ।
बैठकले परिचय पत्र वितरणको समन्वय गर्ने जिम्मा उपमहासचिब अधिकारीलाई दिएको छ । जसमा मिडल्याण्डमा सचिव तारानाथ भण्डारी, स्कटल्याण्ड राज्यपरिषद् अध्यक्ष मोहन कार्की, वेल्स राज्यपरिषद् अध्यक्ष रामचन्द्र पोखरेल, आयरल्याण्डका अध्यक्ष लिलाराम निउरे र महासचिव राजकुमार त्रिपाठीलाई जिम्मा दिएको कुरा अध्यक्ष फगामीले बताएउनु भयको छ।