Friday April 10, 2020

रवि लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं

८ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1185


रवि लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं

शीतलपाटीन्युज डटकम।

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ ।

आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ । प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ। अनुसन्धन नसकिएको भए म्याद थपका लागि र अनुसन्धान सकिएको भए मुद्धा दर्ता भएर कानुनी प्रकृया अघि बढ्ने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

यसअघि जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ । Gandakilive




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?