Monday May 29, 2023

नवलपरासी पूर्वबाट महामन्त्री डा कोइरालाको नाम सिफारिस

२२ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 7373



शीतलपाटीन्युज डटकम।

लण्डन । नवलपुर समाज यूकेको अध्यक्षमा ईन्द्रजित सारु मगर चयन भएका छन् । आइतबार अल्डरसटमा सम्पन्न बेलायतमा बसोबास गरेका  नवलपुरेहरुको पहिलो भेलाले नवलपुर समाज यूके स्थापनाको घोषणा गरेको हो ।

नब गठित समितिको सभापतिमा इन्द्रजित सारु मगर र सचिवमा टिकाराम सापकोटा चयन भएका छन्, भने सदस्यहरुमा महेश देवकोटा , प्रकाश कंडेल, सुजाता कंडेल, एलबी गुरुंग, युवराज राना, मिना सापकोटा, विष्णु चालिसे, माधव रेग्मी, नारायण कडेल (रेडिंग), गंगा सापकोटा, मान ठाडा मगर, रामचन्द्र सुवेदी, चित्र राना र देवेन्द्र थापा छन् । सल्लाहकारमा डा प्रेम आले, होम शर्मा, थर्क राना, सन्तोष रेग्मी र नारायण कंडेल मनोनित भएका छन् ।

कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट करिब २ सयको संख्यामा नवलपुरेहरु भेला भएका थिए ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?