Saturday December 07, 2019

नेपाललाई ७-० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि भारतको कब्जा

१५ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1091


नेपाललाई  ७-० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि  भारतको कब्जा

शीतलपाटीन्युज डटकम।

भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा  शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७-० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन हुनसकेको छैन । त्यस्तै यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न फेरि पनि भारत नै तगारो बन्यो । यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल दुवैपटक भारतसँग नै पराजित भएको थियो । त्यतिबेला उक्त च्याम्पियनसिप यू–१६ का नाममा हुने गर्दथ्यो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?