Wednesday October 20, 2021

पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने

१७ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1324


पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा  उत्तीर्ण गर्नुपर्ने

शीतलपाटीन्युज डटकम।

पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला संघीय संसद्को राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै नेकपाका १४ जना सांसदले पत्रकारलाई प्रवेश परीक्षाको व्यवस्था थप गर्न प्रस्ताव दर्ता गरेका हुन् ।

विधेयकको दफा १५ पछि २३ सम्म थप्दै परीक्षाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित दफा १६ मा वर्षको दुईपल्ट पत्रकार व्यवसायी परीक्षा हुने भनिएको छ । परीक्षामा लिखित तथा मौखिक प्रश्न सोधिनेछन् । मौखिकको पूर्णांक लिखितको १० प्रतिशत प्रस्ताव गरिएको छ । उपदफा २ मा विज्ञहरू समावेश भएको तीन सदस्यीय परीक्षा व्यवसायी समिति गठन गर्न सुझाइएको छ । जसले पत्रकारिता गर्नेका लागि लाइसेन्स परीक्षा लिनेछ ।

लाइसेन्स परीक्षा दिन कम्तीमा स्नातकसम्मको अध्ययन हुनुपर्नेछ । पत्रकारका रूपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधि भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै, पत्रकारिता व्यवसायी परीक्षा उत्तीर्ण हुनुपर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख छ ।

प्रेस प्रतिनिधि भई काम गर्न पत्रकारितामा कक्षा १२ उत्तीर्ण गरेको वा अन्य विषयमा स्नातक गरेको हुनुपर्नेछ । यसैगरी, पत्रकार वरिष्ठ हुने मापदण्ड पनि प्रस्तावमा राखिएको छ । निरन्तर १५ वर्ष पत्रकारिता गरेको पत्रकारले मिडिया काउन्सिल बोर्डको सिफारिसमा सूचना सञ्चार तथा प्रविधि मन्त्रालयबाट वरिष्ठ पत्रकारको उपाधि पाउनेछन् । राजधानी दैनिकमा खबर छ । 




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over and above to where I sat. “Repute’s Bao.” He stated it exuberantly, as if word of his exploits were shared aside settlers about multitudinous a fire in Aeternum. He waved to a unimpassioned butt beside us, and I returned his indication with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the bench prior to continuing. “As a betting houseman, I’d be ready to wager a above-board piece of enrich oneself you’re in Ebonscale Reach for the purpose more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my in to the salaam slung across my back. https://maps.google.dm/url?q=https://renewworld.ru/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Name’s Bao.” He stated it exuberantly, as if low-down of his exploits were shared by way of settlers hither multitudinous a verve in Aeternum. He waved to a wooden hogshead hard by us, and I returned his gesture with a nod. He filled a glass and slid it to me across the stained red wood of the bar prior to continuing. “As a betting man, I’d be willing to wager a honourable speck of coin you’re in Ebonscale Reach in search more than the carouse and sights,” he said, eyes glancing from the sword sheathed on my in to the bow slung across my back. https://maps.google.co.za/url?q=https://renewworld.ru/sistemnye-trebovaniya-new-world/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?