Saturday October 23, 2021

चिनियाँ राष्ट्रपति आउन इच्छुक भएसँगै भ्रमणको तयारी शुरु

१७ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1289


चिनियाँ राष्ट्रपति आउन इच्छुक भएसँगै भ्रमणको तयारी शुरु

शीतलपाटीन्युज डटकम।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने  सोही क्रममा काठमाडौँ आउने बताइएको छ ।

सी नेपाल हुँदै भारत जाने वा भारत भ्रमण सकेर नेपाल आउने भन्नेबार अझै टुंगो नलागे पनि उनको भ्रमण हुने बलियो संकेत आएसँगै यसबारे तयारी अगाडि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।सीको भ्रमणको सुरक्षा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालले प्रदान गरेको सुरक्षाभन्दा कमजोर हुन नहुने चिनियाँ पक्षको जोड रहेको सो मन्त्रालयका एक अधिकारीले बताए । यो समाचार नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?