Wednesday November 25, 2020

लण्डन मेलामा गुल्मेली प्रथम नौमति बाजाको आकर्षण धेरै र उत्कृष्ट प्रदर्शन

१८ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम । 1700


लण्डन मेलामा गुल्मेली प्रथम नौमति बाजाको आकर्षण धेरै र उत्कृष्ट प्रदर्शन

शीतलपाटीन्युज डटकम।
लन्डन । लन्डन साउथल पार्कमा सम्पन्न लण्डन मेला कार्यक्रममा गुल्मीको नौमती बाजा मुख्य आकर्षणको केन्द्र  बन्यो। नेपाली संस्कृति अनुसार नौमती बाजा शुभकार्य र शुभ साईतमा बजाइने गरीन्छ भने यसरी बजाउदा सबै कार्य राम्रो सम्पन्न हुन्छ भन्ने आमविश्वास गरीन्छ। हालै मल्टी कल्चरल संस्कृति उपस्थीत सो लण्डन मेलामा प्राथमिकताका साथ प्रथम नौमती बाजा गुल्मी युके समूहले पहिलो स्थानमा बाजा बजाएर लन्डन मेलाको शुभ  साइत अगाडीबाट रेलीको अगुवा भै लीड गरेको थियो। लण्डन शहरको बिचमा भयको लण्डन मेलामा यस्तो अग्रपंतिमा हुन पाउनु गौरवको कुरा हो।



लन्डन बरो काउन्सिल र इलीङ बरो काउन्सिलले संयुक्त रूपमा मनाउने गरेको सो कार्यक्रमको प्रमुख अतिथि लन्डनका मेयर सदिक खान रहेका थिए। कार्यक्रममा ईलीङ बरो काउन्सिल मेयरको पनि उपस्थिति थियो। नेपाली समुदायको तर्फबाट प्रमुख अथिति नेपाली राजदूतावास लन्डनका महामहीम राजदुत डा दुर्गा बहादुर सुवेदी, बिशेष अथितीमा डिपुटी चीफ अफ मीसन सरद राज आरण, द्वितिय सचिव लभ सुबेदी,तृतीय सचिव तेजेन्द्र रेग्मीको साथै गुमान सिह थापा लगायतको उपस्थिति थियो। नेपाली नाचबाटै सुरू गरिएको यो मेला विशेष गरी एसियाली समुदाय, युरोपियन समुदाय,अफ्रिकन समुदाय, बेलायती समुदाय र अन्य समुदाय एकै संगमस्थलमा जम्मा भै एक अर्काको कल्चर प्रस्तुत गरीने बेलायतकै सबैभन्दा ठूलो मेला हो। सो मेला लन्डन बरो काउन्सिल र इलीङ बरो काउन्सिलले संयुक्त रूपमा मनाउने गरेको छ।


नेपाल सरकारले भिजिट नेपाल २०२० लाई सफल बनाउनको निम्ति प्रचार प्रसारमा टेवा पुराउने उद्देश्यले पनि भाग लिइएको कुरा नेपाली टिम संयोजन गरी रहनु भयको नेपाली राजदूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मीले बताउनु भयो । आयोजक लन्डन मेला २०१९ सँग सहकार्य गर्दै भव्य भयको यो मेलामा ९० हजारभन्दा बढी सहभागि भएको आयोजकहरुले बताए । मेलामा नेपाली राजदूतावासले भिजिट नेपालको प्रवद्धन गर्न उपस्थित दर्शकहरुलाई सूचना प्याकेज तथा प्रचार सामाग्रीहरु पनि बाँडेको थियो ।

प्रथम नौमती बाजा युकेले पछिल्लो चरणमा नौमती बाजाका सुमधुर धुनहरू नेदरलैण्डसम्म पुगेर प्रचार गरेको छ भने लण्डनको टनब्रीज, अल्डरसट, रिडिङ, लगायतका थुप्रै ठाउँहरुमा आयोजित सार्वजनिक कार्यक्रम  तथा शुभविवाह कार्यक्रमहरुमा भब्य सहभागिता जनाएको कुरा नौमती बाजाका प्रमुख संयोजक ओमप्रसाद थापा काउचाले बताउनु भयको छ ।


 विदेशमा रहेर पनि आफ्ना मौलिक बाजा र नेपाली संस्कृतिहरुको जगेर्ना गर्ने काममा निरन्तर लागिरहेको नौमती बाजाका प्रमुख संयोज काउचाले नौमती बाजा बेलायतका विभिन्न ठाउँहरूमा पनि बाजा बजाउने कार्यमा निरन्तर सहभागिता जनाउँदै आएको बताउनु भयको छ ।

लन्डन मेलामा नेपाली राजदूतावास लन्डन र नौमती बाजा समूहले गत २०१० देखि निरन्तर सहकार्य गर्दै हरेक वर्ष सहभागिता जनाउँदै आएको छ। यस्तै यस मेलामा मगर संघ युकेको तर्फबाट सविता राना मगर र पवित्रा थापा मगरले मौलिक नेपाली मगर जातिहरूको कौडा नाच प्रस्तुत गरेका थिए। त्यस्तै नेपाल नेपाली राजदूतावासका तर्फबाट मुस्कान भट्टलगायतले नाच प्रस्तुत गरेका थिए।

मेलामा नेपाली राजदूतावास लन्डनका प्रतिनिधि, कर्मचारी, नेपाली पत्रकारहरू, कलाकारहरू र विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष टोप पल्ली, नौमती समूह कलाकारहरूमा ओम थापा, वीर बलाल, पूर्ण बलाल, पदम गुरूङ, लाल काउचा, कुमार राना, मान गुरूङ , रि क्याप्टेन वीर बहादुर थापा, इन्द्र ढेगा मगर, होमलाल राना, जमुना राना पुन, भिमा बलाल, कुमारी गुरूङ, तारा बलाल, टिना बलाल, ओशिन थापा काउचा, बेबिका बलाल समेत सहभागी थिए।
- स्रोत : ओम बहादुर थापा काउचा




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?