Tuesday November 24, 2020

प्रभासको 'साहो'लाई चोरीको आरोप

१९ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1348


प्रभासको 'साहो'लाई चोरीको आरोप

शीतलपाटीन्युज डटकम।

अहिले नेपाली बजारसँगै बिश्वभरी नै बलिउड चलचित्र ‘साहो’को चर्चा निकै छ । नेपालका अधिकांश हलहरुमा यहि चलचित्रले कब्जा जमाइरहेको छ । ‘बाहुबली’बाट चर्चामा आएका अभिनेता प्रभास र बलिउडकी नायिका श्रद्धा कपूरको मुख्य भूमिका रहेको ‘साहो’ले नेपालका मल्टिप्लेक्सहलहरुका ९ बजेका अन्तिम शो पनि हाउसफूलका साथ ब्यापार गरिरहेको छ । 

हिन्दी भर्सनमा मात्र चलचित्रले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत् जानकारी दिएका छन् । अहिले यो चलचित्र हलिउडको ब्लकबस्टर फिल्म ‘लार्जो विन्च’ को कपी रहेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । हजारौंले सामाजिक सञ्जालमा यस प्रकारको ट्वीट गरेपछि यसका निर्देशक जरोम सलेले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ‘लार्जो विन्च’ को दोस्रो निःशुल्क निर्माण खराब रहेको बताएका छन् । 

उनले तेलूगु निर्देशकलाई आफ्नो काम चोरेता पनि सही ढंगले गर्न आग्रह गरेका छन् । योभन्दा अगाडि पनि त्रिविक्रम श्रीनिवासमाथि जरोमले आफ्नो चलचित्रको रिमेक गरेको आरोप लगाएका थिए । त्यसबेला उनले धेरै पटक पवन कल्याण स्टारर चलचित्रका मेकर्ससँग सम्पर्क गर्न खोजेका थिए तर कुनै जवाफ नमिलेपछि उनी भड्किएका थिए ।

३५० करोडमा बनेको फिल्मका निर्देशक सुजीत हुन् । ‘साहो’ को कथावस्तु कमजोर भए पनि मेकिङ उच्च छ । तर समिक्षागत हिसाबमा नराम्रो प्रतिक्रिया आएतापनि दर्शक भने हलमा खचाखच देखिन्छन् । समिक्षा पढेर हलमा जाने या नजाने भन्ने निर्णय गर्ने दर्शकलाई केहि असर गरेतापनि अन्य दर्शकलाई समिक्षाले खासै असर गरेको देखिदैन ।
 




मतहरू

Victorblert

is contemporary toxic to make use of this guideline also. does generic cialis work Ghlkbk hoxtfg

JamesHip

purchase cialis online usa big tie-in, unbroken, comminuted, are from. buy generic cialis online to allow dextrose to a viral healthcare stocks to every.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?