Wednesday November 25, 2020

चलचित्र पोइ पर्‍यो काले’को शिर्ष गीत सार्वजनिक (भिडियो)

२२ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1326


चलचित्र पोइ पर्‍यो काले’को शिर्ष गीत सार्वजनिक (भिडियो)

शीतलपाटीन्युज डटकम।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘पोइ पर्‍यो काले’को शिर्ष गीत सार्वजनिक गरिएको छ। गीतमा गायक रामचन्द्र काफ्ले र गायिका अञ्जु पन्तको स्वर रहेको छ।  नृपेश उप्रेतीको शब्दमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ , सुरक्षा पन्त, आकाश श्रेष्ठ र सोहित मानन्धर फिचर्ड छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने अर्को जोडीको रुपमा आकाश र श्रृष्टि प्रस्तुत छन् । चलचित्रमा  श्रृष्टि र पूजा साथीको भूमिकामा रहेका छन्। 

कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा अभिनेता सौगातलाई बढी फोकस गरिएको छ। शिशिर राणाको लेखन तथा निर्देशमा तयार भएको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा रहेकी छिन् । आइतबार गरिएको कार्यक्रममा चलचित्रमा मुख्य भूमिकामा रहेका सबै कलाकार उपस्थित थिए । यसैबीच चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने सौगातले बताएका छन्। 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?