Thursday June 01, 2023

“२४औं विश्व आदिवासी दिवस आजसम्मकै भब्य र सफल”: नेफिन यूके

२३ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम । 2235



अल्डरसट, लन्डन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले २४औं विश्व आदिवासी दिवस भब्यतका साथ मनाएको छ । गत आइतबार अगस्ट ५ का दिन अल्डर्शटको दि प्यालेस हलमा आयोजित समारोहमा नेपाली राजदुत डा. दुर्गा बहादृर सुबेदी, बरिष्ठ लेखक खगेन्द्र संग्रौला र नेपालदेखि आएका कलाकारहरु मीना लामा, ब्रबिम शेर्मा, जयालक्ष्मी छन्त्याल र जुना शिरिश बिशेष आकर्षण रहे ।

त्यस्तै अधिवक्ता गोविन्द बेल्बासेको दोहोरो नागरिकता सम्बन्धि र क्या. रि. हरी लिम्बुको ब्रिटिश गोर्खा मेमोरियल पार्क धरान सम्बन्धि प्रस्तुतिहरु कम ज्ञानबर्दक र रोचक रहेनन् ।

 

प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै नेपाली राजदुत डा. सुबेदीले २४औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । राजदुतले नेपालको निर्माण, नेपालको एकिकरण, नेपालको लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा नेपालका आदिवासीहरुलाई छुट्याए नेपालको इतिहास अपुरो हुने बताउनुभयो । त्यस्तै गरी उहाँले भन्नुभयो, “नेपालको राजनैतिक, कला, साहित्य र संगीतको क्षेत्रमा पनि नेपालका आदिवासी जनजातिहरुलाई छुट्याए नेपालको इतिहास अधुरो मात्र होइन बेलायतको नेपाली डायस्पोरा पनि त्यतिकै अपुरो र अपांग हुनेछ”। कार्यक्रममा नेपाली संघसस्थाहरुका ३५० जनाभन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको जानकारी सह-आयोजक फोनिज यूके कोषाध्यक्ष श्रीमती गोमा रानाले दिइन् ।

अन्य अतिथिहरुमा नेपाली वीमिन्स एशोसियस यूके प्रमुख संरक्षक श्रीमती पुनम राज्य लक्ष्मी सुबेदी, एनआरएन यूकेबाट उपाध्यक्षद्वय श्रीमती सुशिला राई र श्रीमती पुनम गुरुड्गको उपस्थिति रह्यो । प्रवासी नेपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङ लगायत नेपाली संघीय समाज यूके, मदेशी समाज यूके, जनमुक्ति मञ्च बेलायत, संघीय लिम्बुवान सामाजिक मञ्चका नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा महासंघमा आवद्द् तमुधीं यूके, मगर संघ यूके, शेर्पा संघ यूके, सुनुवार समाज यूके, तामाङ सोसायटी अफ यूके, दुरा सेवा समाज यूके, बेलायत छन्त्याल संघ, किराँत याक्खा छुम्मा, किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ यूकेका गरी दश वटा संस्थाका अध्यक्ष वा प्रतिनिधिहरु उपस्थित थिए । जिल्ला समाजका तर्फबाट पर्बत वेलफेयर सोसायटी यूके दधी आचार्य, तेह्रथुम समाज यूके अध्यक्ष सूर्य खापुङ र पाँचथर समाज यूके उपाध्यक्ष शान्ति लिम्बु अतिथि रहे । अन्य अतिथिहरुमा एन. डब्ल्यू. सी. अध्यक्ष शशी सुब्बा थापा, मांगेना चुम्लुङ बेलायत उपाध्यक्ष कल्पना आङबुहाङको उपस्थिति थियो ।

कार्यक्रमको शुरुमा नेफिन यूकेले २४औं विश्व आदिवासी दिवसको अवसर पारेर ब्रिटिश गोर्खाहरुको हक, अधिकार र न्यायको लडाईं लडिरहेका गोर्खाजहरुका तीन संस्थाहरु र सी. एन. एस. यूकेलाई बिशेष सम्मान गर्यो । सम्मान ग्रहण गर्दै गेसो अध्यक्ष कृष्ण कुमार राई, बिजीडब्ल्यूएस अध्यक्ष टिकेन्द्र दल देवान र गोर्खा सत्याग्रह समिति संयोजक कृष्ण बहादुर राईले आ-आफ्नो तर्फबाट नेफिन यूकेलाई धन्यवाद ज्ञापन गरे । सिएनएस यूकेले भने आफ्नै पूर्व निर्धारित कार्यक्रमका कारण क्षमायाचना पठाएको थियो । नेफिन यूकेका बरिष्ठ उपाध्यक्ष नरेश काङमाङले गोर्खाज संस्थाहरुलाई सम्मान दिनुपर्ने औचित्य प्रष्ट पार्दै उनीहरुले संयुक्त भई भविष्यमा गोर्खा जस्टिस क्याम्पेनलाई तार्किक निष्कर्षमा पुर्याउने आशा ब्यक्त गरे।

 

मध्यान्तरतिर अधिवक्ता गोविन्द बेल्बासेले एनआरएनहरुका नेपाली नागरिकताको निरन्तरता बिषयक एक जानकारी मुलक प्रस्तुति दिए । अधिवक्ता बेल्बासेले बिदेशमा बस्ने नेपालीहरुले दोहोरो नागरिकता पाउनेमा ढुक्क भएर बस्नभन्दा पनि दोहोरो नागरिकताको ब्यवस्थालाई कतिपय कानूनी प्रावधानहरुले ब्यवधान खडा गरेको हुँदा त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरे । त्यस्तै धरानमा निर्माण हुन लागेका ब्रिटिश गोर्खा मेमोरियल पार्क निर्माणका संयोजक स्मारकका संयोजक क्या. (रि.) हरी लिम्बुले उक्त योजनाको बारेमा पावरप्वइन्ट प्रस्तुति दिंदै उक्त ऐतिहासिक कार्यलाई पुरा गर्न बेलायतका अन्य संघसंस्थाहरुलाई पनि हार्दिक अपील गरे ।

कार्यक्रमका समापन गर्ने क्रममा नेफिन यूके अध्यक्ष जंग सुनुवारले २४औं विश्व आदिवासी दिवस सफल पार्न सहयोग गर्ने सम्पूर्ण ब्यक्ति र संघसंस्थाहरुलाई हार्दिक धन्यवाद दिनुभयो । उहाँले भबिष्यमा पनि सोही स्तरको सहयोगको अपेक्षा रहेको बताउनुहुँदै कार्यक्रमलाई सफल पार्न अहोरात्र खटेका उपाध्यक्षहरु लिला सेलिङ माबो र कर्ण दुरा, सचिब मुकेन छन्त्याल, कोषाध्यक्ष बिशन गुरुङ र सहयोगी सबैमा आभार प्रकट गर्नुभयो ।

कार्यक्रम सञ्चालन नेफिन यूके तथा फोनिज यूके महासचिब खुशी लिम्बुले गरे भने सह-आयोजक नेआजमम यूके अध्यक्ष बिमला राईले अतिथिहरुलाई स्वागत गर्दै विश्व आदिवासी दिवसको महत्व बारेमा प्रकाश पारे ।

(Khusi Limbu)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?