Saturday December 07, 2019

रोनाल्डोले बनाए युरोकप छनोटमा नयाँ कीर्तिमान

२५ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1099


रोनाल्डोले  बनाए युरोकप छनोटमा नयाँ कीर्तिमान

शीतलपाटीन्युज डटकम

पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप छनोटमा नयाँ कीर्तिमान बनाएका छन् । उनले युरो छनोटमा सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

युरोपियन च्याम्पियनसिपमा लिथुवानिया विरुद्धको खेलमा चार गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले युरो कप छनोटमा २५ गोल संख्या पुर्‍याएका छ । उनले रोबी कियनको यसअघिको २३ गोलको संख्यालाई पछि पारेका हुन् ।

आयरल्याण्डका रोबीले यसअघि यो रेकर्ड बनाएका हुन् । रोबीले ट्विट गर्दै रोनाल्डोले अब रेकर्ड बनाउन बन्द गर्नुपर्ने भन्दै ठट्टा गरेका छन् । युरोपियन प्रतियोगितामा रोनाल्डोको यो आठौं ह्याट्रिक थियो ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?