Monday May 25, 2020

छैठौं ‘इनास फिल्म अवार्ड’ आयोजना हुने, अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने

२५ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1232


छैठौं ‘इनास फिल्म अवार्ड’ आयोजना हुने, अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने

शीतलपाटीन्युज डटकम

आगामी  असोज २७ गते काठमाडौंमा छैठौं ‘इनास फिल्म अवार्ड’ आयोजना हुने भएको छ । कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा उक्त अवार्ड हुने बताउदै इनासले एक प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो। चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठको साइन रहेको विज्ञप्तीमा कार्यक्रम बनाउने तयारी सुरु गरिएको श्रेष्ठले विज्ञप्तीमा उल्लेख गरेका छन् । 

इनासले यसपटक बरिष्ठ संगीतकार रञ्‍जित गजमेरलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड' बाट सम्मानित गर्ने भएको छ । थुप्रै नेपाली फिल्मका गीतमा एकसेएक संगीत भरेका उनको योगदानको कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको विज्ञप्तीमा उल्लेख छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउने तयारी सुरु गरिएको संयोजक श्रेष्ठले विज्ञप्तीमार्फत् जानकारी दिए ।

नेपाल सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष- २०२०' लाई सहयोग पुर्‍याउने उद्येश्यले आयोजना गर्न लागिएको इनास अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने बताइएको छ । ‘ममता र समर्पण मातृभूमिको लागि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको यो अवार्ड यसअघि जर्मनी, नेदरल्याण्डस, सिक्किम र नेपालको काठमाडौंमा भइसकेको छ । 




मतहरू

mleyqknem

how does robinhood make money how to make quick money make money online make money homemade items that make money best ways to make money online ways to make money fast make money online make money blogging ways to make money online https://www.fresher.ru/elz/# - make money online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?