Wednesday November 25, 2020

‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन आज नेपाल आउँदै सन्नी लियोनी

२६ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1217


‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन आज नेपाल आउँदै सन्नी  लियोनी

शीतलपाटीन्युज डटकम।

चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बिहिबार अर्थात आज बेलुकी बलिउड नायिका सन्नी लियोनी नेपाल आउँदैछिन्। आज बेलुकी आयोजना हुन लागेको पासवर्ड’ भदौको २७ गतेबाट प्रर्दशनमा उत्रिने छ । यस चलचित्रमा उनले आइटम डान्स गरेकी छिन्। नेपाली गीतमा देखिएको सन्नीको ठुम्कालेनिकै चर्चा पाएको छ। आफूले गरेको आइटम डान्स यस चलचित्रका निर्माण टीमको साथमा ठुलो पर्दामा हेर्न उनी आज नेपाल आउँदैछिन्। यस चलचित्रको बारेमा अन्य केही प्रचार नभएपनि सन्नी  आजको शामले भने चलचित्रको निकै प्रचार गरेको पाइएको छ। अहिले चलचित्रकी ‘पासवर्ड’नै सन्नी भएकी छिन्। सन्नी नेपाल आउँदा चलचित्रलाई निकै फाइदा हने अनुमान गर्न सकिन्छ। अन्य देशमा जस्तै नेपालमा पनि सन्नीका निकै क्रेजी फ्यान छन्। 

सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा अभिनेता अनुप विक्रम शाही,विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय छ । निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ। अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको चलचित्रको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन्। कथा सिमा गुरुङको रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?