Wednesday December 11, 2019

आजबाट सन्नीको चलचित्र ‘पासवर्ड’ अल नेपाल प्रदर्शनमा, विदेशमा पनि प्रर्दशन हुने

२७ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1400


आजबाट सन्नीको चलचित्र ‘पासवर्ड’ अल नेपाल प्रदर्शनमा, विदेशमा पनि प्रर्दशन हुने

आज शुक्रबारबाट बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम डान्स गरेको चलचित्र ‘पासवर्ड’ अल नेपाल प्रदर्शनमा आएको छ। यसकासाथै दुई साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने निश्चित भएको छ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा प्रदर्शन हुने बताइएको छ। सेप्टेम्बर २७ अर्थात् असोज १० चलचित्रको विदेश प्रदर्शन सुरु हुनेछ। सन्नी लियोनी बिहीबार नेपाल आएकी हुन्। साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुगेकी सन्नीले नेपाली चलचित्र ‘पासवर्ड’मा आइटम डान्स गरिन्। बिहीबार साँझ सातबजे कुमारी हलमा आयोजना गरिएको त्यसै चलचित्रको प्रिमियर शोमा सहभागी भएकी थिइन्। उनी शनिबार दिउँसो स्वदेश फर्किनेछिन् । ‘पासवर्ड’मा काम गर्ने सम्झौताको समयमा नै नेपालमा हुने प्रिमियरमा आउनुपर्ने सहमतिमा हस्ताक्षर गरेकी थिइन् । त्यसै अनुरुप उनी दुईदिनका लागी नेपाल आएकी हुन्।

बिहीबार उनलाई स्वागत गर्न चलचित्रका निर्देशक सम्राट बस्नेतसहित कलाकार र निर्माता पुगेका थिए। चलचित्रको टिमले उनलाई खादा र राष्ट्रिय झण्डा अंकित भादगाउँले टोपी लगाएर स्वागत गरेका थिए । चलचित्र ‘पासवर्ड’को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् । उनले पहिलो पटक नेपाली चलचत्रिमा काम गरेकी हुन्। अभिनेत्री सन्नीले ‘पासवर्ड’ को गीतमा नृत्य गर्न नेपाली दुई करोड बढी लिएको चर्चा छ । गीतको छायांकनका लागि उनी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन्।अभिनेत्री सन्नीको यो तेस्रो नेपाल यात्रा हो । यसअघि उनी दुईपटक नेपालको रमणीय स्थान घुम्न र आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न नेपाल आएकी थिइन्। उनी श्रीमान् डेनियल वेबरसँगै नेपाल आउने गरेकी छन्। यसपटक पनि उनले श्रीमानलाई साथमा लिएर आएकी छन् । अधिकांश  यूकेमा छायांकन भएको यस चलचित्रमा नेपालबाट चोरिएर लण्डन पुर्याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा आधारित छ ।निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको फिल्मको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो। चलचित्रमा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । यस एक्सन–लभस्टोेरी चलचित्रमा सन्नीसँगै अनुपविक्रम साही ,विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?