Friday April 10, 2020

मलेसिया रोजगारी फेरी खुल्यो, अब झन् १ रुपैंया पनि तिर्नु नपर्ने

२७ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1365


मलेसिया रोजगारी फेरी खुल्यो, अब झन् १ रुपैंया पनि तिर्नु नपर्ने

शीतलपाटीन्युज डटकम।

मलेसियामा रोजगारी फेरी पनि खुलेको छ । अघिल्लो बर्षको जेठ देखि बन्द रहेको मलेसिया रोजगारीको लागतबारे म्यानपावर व्यवसायीमा चर्को बिरोधका बाबजुत बिहिबार मलेसियामा भएको सहमति अनुसार शुन्य लागतमै मलेसिया पठाउनुपर्ने लगायतका बिषयमा सहमति भएको हो ।

बिहीबार सम्पन्न बैठकपछि श्रम मन्त्रालयका वार्तामा आवद्ध अधिकारीहरुले नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउने बताएका छन् । कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए । घिमिरे सहित नेपालबबाट गएका श्रम मन्त्रालयका अधिकारीहरुले गत अक्टोबरकै सहमति अनुरुप मलेसिया रोजगारी खुला गर्न सफल भएको जनाएका छन् ।

घिमिरेका अनुसार मलेसिया रोजगार बिहिबारबाटै खुला भएको छ । स्वास्थ्य परीक्षणका लागि बायो मेडिकल सेवा भएका सबै संस्थाले पाउँनेछन् । अहिले बायो मेडिकल ३६ वटा सँस्थामा उपलब्ध छ । यी सँस्थाहरुमा मलेसियाले अनुगमन गर्ने भएको छ । साथै आगामी नोभेम्बरसम्म थप नयाँ संस्थालाई पनि स्वीकृति दिईने छ ।

अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको नेपाली कामदारका लागि मलेसिया स्थित नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् । मागपत्रको आधारमा नेपाली दूतावासले प्रमाणीकरण गरेपछि उक्त प्रमाणीकरणको आधारमा वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ । त्यस्तै मलेसियामा सुरक्षा गार्डको रुपमा जाने नेपालीहरुको प्रकृया पुरानै तरिकाले हुनेछ ।




मतहरू

cialis online

tadalafil 20 mg indications [url=http://www.buyscialisrx.com/]cialis prescription[/url] como funciona o tadalafil online cialis is there a difference between cialis and tadalafil esculap tadalafil http://buyscialisrx.com/ wat kost tadalafil


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?