२८ भाद्र, २०७६
शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन आज शनिवार हुँदैछ। निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार १३ हजार ६ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदान खडा भयको छ। निर्वाचनको लागि निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयसेवकसहित करिब १०० भन्दा बढी खटाइएको छ ।
मतदान पश्चात आइतवार दिउँसो सम्म गनेर नजिता आउने अपेक्षा गरिएको श्रेष्ठले बताउनु भयको छ। अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुङ र शेर बहादुर सुनार बीच चुनावी प्रतिस्पर्धा छ। गुरुङ र सुनार आ–आफ्नो छुट्टै प्यानल सहित मैदानमा उत्रिएका छन्। ११७ जना उम्मेदवार मैदानमा रहेको निर्वाचनमा महासचिवमा पत्रकार फडिन्द्र भट्टराई र कर्मा पहाडी बीच प्रतिस्पर्धा हुदैंछ।
बिश्वको ८० देशमा रहेको गैरआवासीय नेपाली संघका शाखाहरू मध्ये युके सबैभन्दा ठूलो शाखाको हो ।गैरआवासीय नेपाली संघको अक्टोवरको १५ देखी १७ सम्म नेपालमा हुने विश्व सम्मेलनको तयारी स्वरुप अहिले विश्वभरका शाखामा निर्वाचन भैरहेको छ। गैरआवासीय नेपाली संघका अनुसार हालसम्म ४० देश भन्दा बढी देशमा निर्वाचन सम्पन्न भैसकेको छ ।