२४ श्रावण, २०७५
शीतलपाटीन्युज डटकम।
लण्डन । बेलायतमा नेपाली सेलिब्रेटी सेफ उपनामले चिनिने बिनोद बराल गोर्खा बियरको ब्रान्ड एम्बेसडर नियुक्त भएकाछन् । चर्चित बम्बे बाइसाइकल टेकवेमा २ दशक अघि नै नेपालीहरु मध्ये सबै भन्दा सिनियर एक्जुकेटिभ सेफ त्यो पनि कलिलै उमेरमा बनिसकेका बिनोद बिश्वका ४० वटा देशमा आफ्नो हस्पिटालिटी सेवा प्रदान गर्ने “डु एण्ड को “ कम्पनिमा एसियन खानाको सम्पूर्ण ब्रान्ड हेर्ने ग्लोबल एक्जुकेटिभ शेफ बनेर सफल भयका बिनोद बराल बेलायत तथा ग्लोबल खाध्य ब्यबसायमा काम गरेर ६० हजार भन्दा बढी सेफहरुसंग प्रत्यक्ष चिनजान र सम्पर्कमा रहेका बेलायत स्थित अधिकांस एसियन रेस्टुरेन्ट तथा ठुला फुड चेनहरुमा राम्रो पहुँच राख्छन ।
बेलायत लगायत अमेरिका सम्म नेपाली खानेकुराहरुलाई अन्तराष्ट्रिय बजारमा नयाँ अवधारणा पस्किन्दै गरेका बराल नेपाल फुडका ब्रान्ड एम्बेसडर पनि हुन् । छुट्टै कन्सेप्टमा उनले सुरु गरेको मम एण्ड रोटि तथा ज़म्बुरा रेस्टुरेन्ट लगायत स्पाइस पण्डित , गोर्खा रोयल ओक लगायत दर्जनौं रेस्टुरेन्टहरुका कन्सल्टेन्टको रुपमा काम गर्ने गर्दछन् ।
ब्यबसायको सिलसिलामा बिश्वका ७६ देशहरुमा पुगेर दक्षता हासिल गरिसकेका बराल कन्सल्टेन्टको रुपमा पनि काम गरिरहेका छन् ।
बरालको दक्षता र पहुँच गोर्खा बियरलाई बेलायतको बजारमा प्रबर्धन गर्न उपयुक्त देखिएर नै यो जिम्मेवारी प्रदान गरिएको गोर्खा बियरका प्रबन्ध निर्देशक सचिन श्रेष्ठले जनाएका छन्।गोर्खा बियर बेलायत लगायत यूरोपका बजारमा चर्चित मानिन्छ भने बेलायतमा नेपालीहरुको ब्यबस्थापनमा संचालित एक विश्वासिलो अन्तराष्ट्रिय ब्रान्डको रुपमा हेर्ने गरिएको छ ।
अब बुद्ध र हिमाल मात्र देखाएर हैन , नया नेपाली खानाबाट नेपाललाई चिनाउनु पर्ने भन्दै बिश्वभर छरिएर रहेका नेपाली सेफहरुलाई एकत्रित्त गर्दै नया नया नेपाली खानेकुराको उत्पादन र प्रबर्धनमा बराल लागेकाछन् ।
नेपालीहरुको पहलमा बेलायतको स्थानीय बियर उपभोक्ताहरुको स्वाद र मागलाई ध्यानमा राखेर गोर्खाली पहिचान संगै व्यापार प्रबर्धनमा लागेको गोर्खा बियरको ब्रान्ड एम्बेस्डर भएर यसको प्रबर्धन गर्न पाउँदा खुशी लागेको भन्दै बरालले सबै नेपाली तथा गोर्खा समुदायलाई अरु बियर भन्दा नेपालको पहिचान झल्किने गोर्खा बियर नै प्रबर्धन गर्न अनुरोध गरेका छन् ।उनी एउटा नेपाली रेस्टुरेन्टको टेबलमा बसेर गुर्खा बियर र मम अडर गर्दा नेपाली पन र नेपाली उत्पादनको शान र देशकै इज्जत बढ्ने धारणा राख्छन।