Thursday January 23, 2020

अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ

२९ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1098


अवैध चरेस, गाँजा र कारसहित पाँच पक्राउ

शीतलपाटीन्युज डटकम/रासस

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर ०१ पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला मजफ्फरपुर दादर बस्ने २८ वर्षीय शिवराज सिंंह, सोही ठेगानाका २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला छपरा बस्ने २४ वर्षीय राजु महतो रहेको आज बिहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसैगरी प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–४ स्थित कालिका दोभानबाट अवैध गाँजा १२ केजी ४०० ग्राम लिएर हिँडेको अवस्थामा कैलाश गाउँपालिका– बस्ने २६ वर्षीय राजकुमार थिङ र सोही ठेगानाका २१ वर्षीय दिपेश थिङलाई पक्राउ गरेको छ । निजहरुलाई कानूनी कारवाहीका लागि अदालतमा पेस गर्ने जानकारी प्रहरीले दिएको छ । (RSS)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?