Wednesday August 12, 2020

ज्ञानेन्द्र शाहीलाई प्रहरीले दिए सुरक्षा ....

२९ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 1204


ज्ञानेन्द्र शाहीलाई प्रहरीले दिए सुरक्षा ....

शीतलपाटीन्युज डटकम।

नेपालगञ्ज घटनाबारे पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षा दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगञ्जबाट काठमाडौं आउनु पर्ने विमान डिले भएपछि शाहीको समूहले विरोध गरेको थियो । त्यसक्रममा मन्त्रीहरुमाथि गालीगलौज समेत भएको थियो । आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्रीले माफी मागेका छन् ।

तर मन्त्रीले झुट बोकेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियान्त समेत रहेका शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन राखेका थिए ।

यो पनि पढ्नुहोस :नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज

पत्रकार सम्मेलनमा शाही र सहभागीबीच चर्काचर्की भएपछि प्रहरीले उनलाई त्यहाँबाट उद्दार गरेको छ । ‘हामीले उहाँलाई जावलाखेलतिर ल्याइरहेका छौं । केही घटना नहोस् भनेर ल्याएका हौं’, ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने । कार्यक्रम कुपण्डोलको सीटी क्याफेमा राखिएको छ ।

source:onlinekhabar




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?