Sunday December 15, 2019

एनआरएन युके निर्वाचन आयोगको अत्यन्त जरुरी सुचना

२ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम। 1184


एनआरएन युके निर्वाचन आयोगको अत्यन्त जरुरी सुचना

एनआरएन युके निर्वाचन आयोगको अत्यन्त जरुरी सुचना

सेप्टेम्बर १६,१७,१८ (सोमबार, मंगलबार र बुधबार) को लगातारको बिभिन्न पक्षसंगको बैठक पश्चात उम्मेदवारहरुको निबेदन परेका मतदान केन्द्रहरुको बारेमा छानबिन गर्न निर्वाचन समितिले एक छानबिन समिति गठन गरी छानबिन प्रक्रिया समेत शुरु भएसंगै एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्यको संयोजनको टिमसँग सम्बन्धित पक्षको उपस्थितिमा मतगणना प्रक्रिया सुचारु गर्ने वातावरण बने संगै एनआरएन युके निर्वाचन समितिको नेतृत्वमा १९ सेप्टेम्बर (आज) १० बजेबाट Empire Hall Aldershot मा मतगणना शुरु गरिने भएको छ।
अध्यक्षका दुवै प्रत्यासीहरुलाई निर्वाचन समितिसंग सम्पर्कमा रहि तोकिए बमोजिमका प्रतिनिधिहरु पठाइदिन हुन तथा अन्य उम्मेदवारहरुलाई पनि निर्वाचन आयोगसंग सम्पर्कमा रहन अनुरोध गर्दछौ भनिएको छ। यस विषम परिस्थितिमा सुझबुझ एबम समझदारीका साथ धैर्यधारण गर्दै अनुकुल वातावरण बनाउन सहयोगी भूमिका निभाउनु हुने सम्पूर्ण एनआरएन युकेका अभियन्ताहरुमा हार्दिक धन्यबाद।

आउनुहोस मतगणना कार्यलाई पर्वमय बनाऔ र सामाजिक एकताको संदेश थप दिऔ।

मे रि डम्मर घले                                                      
प्रमुख निर्वाचन आयुक्त
 शिवजी श्रेष्ठ
सह-प्रमुख निर्वाचन आयुक्त
एन आर एन युके, निर्वाचन समिति ।                  
१९ सेप्टेम्बर २०१९।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?