Sunday December 15, 2019

शिव मन्दीर अल्डरसटमा नवदुर्गा पुजा हुने: भक्तजनहरुलाई स्वागत

६ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम । 1154


शिव मन्दीर अल्डरसटमा नवदुर्गा पुजा हुने: भक्तजनहरुलाई स्वागत

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। शीव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसट युकेले नव दुर्गा पुजा २०७६ गर्ने भयको छ। केही समय पहिले सेन्टरको कार्यसमीतीको बसेको बैठकले पुजा आराधना गर्ने कार्यक्रम तय गरेको हो ।

सेन्टरका अध्यक्ष रोहित गुरुड्गको अध्यक्षतामा बसेको बैठकले उक्त कुरा पास गरेको हो। मन्दिरमा पुजा अर्चना र भक्तालुजनहरुको ब्यवस्थापन गर्न संयोजक हरि भट्टराईलाई संयोजक तोकिएको छ। महासचीव बिक्रम भट्टराईले संचालन गर्नु भयको सो मीटीड्गमा फान्वबोरो साई सेन्टरकी अध्यक्ष सुष्मा गुरूङ , कोषाध्यक्ष बाचस्पति रेग्मी र कार्यसमीतीका अन्य पदाधीकारीहरुको पनि उपस्थीती थियो।

पंडित केदार रीमालद्वारा नवदुर्गा पुजा पाठ र चण्डी पाठ हुने शीव मन्दिर बिहान ०८:३० देखी १०:३० सम्म र बेलुका १७:०० देखी २२:०० बजे सम्म २९ सेप्टेम्बर देखी ८ अक्टोवर २०१९ भक्तजनहरुका लागी खुल्ने कुरा अध्यक्ष रोहीत गुरुड्गले बताउनु भयको छ।

प्रसाद प्रदान गरीने सो पुजामा प्रसादहरु चढाउन सकिने पुजामा नगद दान पनि लिने निर्णय भयको छ। नवरात्री पुजा समेत हुने सो नवदुर्गा पुजाका लागी भवनको रंगरोगन हुदै रहेको कुरा संयोजक हरी भट्रराईले बताउनु भयको छ। रंगरोगन गर्न अध्यक्ष रोहित गुरुड्ग, महासचीव बिक्रम भट्टराइ, सल्लाहाकार दिपक न्यौपाने, सल्लाहाकार भीम बानिया, निलकण्ठ पौडेल, शुसीला बराल पौडेल,  मुक्ती गुरुड्ग, प्याट्रोन डा बिनोद कुमार , उपेन्द्र कार्की, रेखा कार्की, श्रीमती बिमला पौडेल भट्टराइ, पवित्रा भट्टराई ,नीरज तिवारी, शीव बानिया लगायत शिव मन्दिरका ट्रस्टी र कार्यसमीती सदस्यहरु हर संभव खटीनु भयको छ।

स्थान:GU11 3JE




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?