Sunday December 15, 2019

नेपाल प्रहरीका एआईजीहरुको सरुवा: एकेडेमीमा ठुले राई

८ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम । 1323


नेपाल प्रहरीका एआईजीहरुको सरुवा: एकेडेमीमा ठुले राई

शीतलपाटीन्युज डटकम।
काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीपीहरुको सरुवा गरेको छ। मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा गरेको हो।

उच्च स्रोतका अनुसार प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध्युज  अनुसन्धान विभागमा सरुवा भएको छ। यस अगाडी उक्त विभाग नेतृत्वबिहिन थियो।

उक्त विभागमा दरबन्दी भएका एआईजी धिरु बस्नेत आर्थिक घोटालामा मुछिएपछी सरकारले उनलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा पठाएको थियो। मंगलबारको सरुवामा एआईजी बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको उच्च स्रोतले बताएको भन्दै हाम्रो पुलिसले लेखेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?