Sunday November 27, 2022

एनआरएन अन्तराष्ट्रिय अध्यक्षमा कुल आचार्य समयको माग

८ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम । 2088


एनआरएन अन्तराष्ट्रिय अध्यक्षमा कुल आचार्य समयको माग

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको आगामी निर्वाचनमा  कुल आचार्यले अध्यक्षको उम्मेदवारी दिने भएका छन् । बेलायतमा मंगलबार  एक प्रेष मीट कार्यक्रमको आयोजना गरी उनले उम्मेदवारीको घोषणा गरेका हुन् । संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा श्रीमती सीता आचार्य सहित आयका आचार्यले घोषणा सभा मार्फत आगामी अक्टोवर १५ देखि १७ काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय अधिवेशनमा आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए।

विभिन्न मुलुकहरुमा पुगेर  सुझाव लिएपछि आचार्यले संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै अग्रजहरु, संसारभरका एनआरएन मित्रहरु तथा शुभचिन्तकहरुसंग सल्लाह गरि एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भन्नु भयको छ।

बास्तव मै यो समय कुल आचार्यको एनआरएन समय हो । बिश्वका बेलायत, क्यानडा, अमेरीका, अष्ट्रेलिया बसेका नेपालीहरूले देखायको असल अनुसासनका कारण पायको पिआर, ग्रीनकार्ड र नागरीकतालाई ती देशहरूले नेपालीलाई दियको सम्मान मानेर नागरीकता निरन्तरताको बारेमा अगाडी बढ्नु पर्ने अवस्था छ। यो अभियानलाई सवै अग्रजहरु, मित्रहरु र शुभ चिन्तकहरुले कुल आचार्यलाई सबैले साथ सुझाव र समर्थनका साथ अगाडी बढ्न दियमा हाम्रा माग पुरा हुने बेला आयको छ। उम्मेदवारी घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प समेत गरेका छन्। उनले आफ्नो उम्मेद्धारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्।

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानीमार्फत भित्र्याउन ठोस पहल गर्ने, त्यसैगरी वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई बर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाको लागी  एनआरएनए हटलाइनको व्यवस्था गरी सहयोग गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गरी, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाई उनीहरुको सीप, श्रोत र ज्ञान नेपालको विकासमा प्योग गर्ने समेत प्रतिवद्धता गर्दै  एनआरएनएलाई  एउटा सशक्त र गतिशील संस्था बनाउन उम्मेदवारी दिएको बताएका थिए।

घोषणासभामा आचार्यले संसदीय प्रकृयामा रहेको नागरीकता विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निकर्षमा पु–याउन निर्णायक पहल गर्ने बताए। समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसंग मैले पहल गर्नेछु।’ अध्यक्षका दावेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरु बाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए। उनले बढीभन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्धन तथा परियोजना सहमति एवं दोहोर कर मुक्ती सम्झौताहरु गर्न नेपाल सरकारसंग संस्थागत पहल गर्नेसमेत प्रतिवद्धता गरे। त्यसै गरि नेपालका सबै नियोगहरुमा एनआरएनए एनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतीको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए।

नयाँ समिति निर्वाचित भएको एक महिनाभित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारवीच दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भए बमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए। परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन सेन्टर’ लाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत बर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गर्ने समेत उनले कार्ययोजना सार्वजनिक गरेका छन।

सो कार्यक्रममा एनआरएन युकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, एनआरएन युकेकी नवनिर्वाचित अध्यक्ष पुनम गुरुङ, महासचिब फडिन्द्र भट्टराई, पूर्व अध्यक्ष एवम संरछ्यक सूर्य गुरुङर योगेन छत्री, आइसीसी सल्लाहकार सुरेन्द्र श्रेष्ठ, आइसीसी पूर्व सल्लाहकार विश्व आदर्श पण्डित, सह-कोषाध्यक्ष सोम सापकोटा,आचार्य जिताउ अभियानका केन्द्रिय प्रचार प्रसार विभागका सचिब आर के त्रिपाठी,आइसीसी सदस्य थर्क सेन, एनआरएन युके पूर्व उपाध्यक्ष शेरबहादुर सुनार, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगी, अधिवक्ता गोविन्द बेलबासे,नारायण कोने गुरुङ, आइसीसी सदस्य दयानिधि सापकोटा, विवेकशील नेपाली दलकी केन्द्रिय सदस्य सुबुना बस्नेत, अन्तर्राष्ट्रिय पर्बत समाजका अध्यक्ष पुरण गिरी, बेल्जियमका आइसीसी सदस्य पदम गुरुङ, द नेदरल्यान्ड्सका आइसीसी सदस्य नारायण आचार्य, स्वीडेनका आइसीसी सदस्य अर्जुन श्रेष्ठ, एनआरएन डेनमार्कका पूर्व कोषाध्यक्ष अशोक शर्मा, लगायत वक्ताले आचार्यलाई सफलताको शुभकामना दिएका थिए। त्यसै गरी पूर्व अध्यक्ष शेष घले, श्रीमती जमुना घले, पूर्व अध्यक्ष जीबा लामिछाने, उपाध्यक्ष सपिला राजभण्डारी, प्रा. सूर्य सुवेदी, डा. राघव धिताल लगायतले पठायको  शुभकामना सन्देश पठेर सुनाइयको सो कार्यक्रमा ५०० को उपस्थिती भब्य भएको थियो।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?