Saturday October 23, 2021

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप

९ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1429


निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप

शीतलपाटीन्युज डटकम।

राष्ट्रिय मानवअधिकार आयोगबाट भएको गैरन्यायिक हत्याको छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन् । विवादास्पद घटनामा आयोगको धारणा नै सार्वजनिक नहुनुले गैरन्यायिक हत्याको शृंखला बढ्दो छ । आयोगले विभिन्न घटनाका छानबिन प्रक्रिया पूरा गरेको बताए पनि घटनाको सत्यतथ्य सार्वजनिक भने गर्न सकेको छैन । गैरन्यायायिक हत्याको छानबिन समितिमा रहेको मानवअधिकार आयोगका सदस्य गोविन्द पौड्यालले छानबिन पूरा गरेर अध्यक्षलाई प्रतिवेदन बुझाएको बताउँछन् । 

५ असारमा राज्यद्वारा प्रतिबन्धित पार्टी विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीबाट हत्या भयो । दोस्रो दिन राष्ट्रिय मानवअधिकार आयोगले सो हत्याको विषयलाई लिएर छानबिन टोली गठन गरेको विज्ञप्तिमार्फत जनाएको थियो । एक महिनापछि आयोगले प्रहरी र स्थानीयसँग छानबिनका लागि अनुसन्धान थालेको थियो ।

प्रहरीले सो घटनामा मारिएका पौडेल मुठभेडमा मारिएको भनेको छ । तर, मानवअधिकार आयोगले अनुसन्धानको प्रक्रिया नटुंगिँदै प्रहरीको बयान सार्वजनिक हुनुले सो घटनामाथि शंका गरेको थियो । तर, पनि आयोगले सो घटनालाई गैरन्यायिक हो भनेर स्पष्टसँग भन्न नसक्नुलाई आयोग प्रभावित भएको विज्ञ आरोप लगाउँछन् । 

छानबिन गरेको विषयलाई गोप्य राख्नुको साटो आयोगबाट नाम सार्वजनिक भएपछि प्रहरीले आपत्ति जनाएको थियो । सरकारको तर्फबाट गृहमन्त्रालयले भने सो घटनालाई मुठभेड भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा  निराजन पौडेलले लेखेका छन् । 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?