Sunday December 15, 2019

विश्व पर्यटन दिवस भ्रमण बर्ष २०२० लाई प्रमोसन गर्दै नेपाली दूतावास लण्डनमा भब्य मनाइयो

११ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम। 1118


विश्व पर्यटन दिवस भ्रमण बर्ष २०२० लाई प्रमोसन गर्दै नेपाली दूतावास लण्डनमा भब्य मनाइयो

शीतलपाटीन्युज डटकम।
लन्डन । विश्व पर्यटन दिवसका अवसरमा नेपाली राजदुतावास लन्डनमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम सम्पन्न भयको भएको छ। शुक्रबार सांझ २७ सेप्टेम्वरमा  लन्डनस्थित नेपाली दूतावासले आफ्नै हलमा कार्यक्रम गरेको हो।


दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य दिंदै राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल सरकारको भ्रमण वर्ष अभियानलाई सफल बनाउन ब्यापक प्रचार प्रसार गरिने जानकारी दिए । ‘भ्रमण वर्ष २०२०’ मा एक लाख बेलायती पर्यटक नेपाल पठाउने लक्ष्य लिएका राजदूतले आउंदो वर्ष इंग्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा बेग्लाबेग्लै प्रवर्धनात्मक कार्यक्रम गर्ने तयारी भइरहेको पनि जनाए। नेपालको प्राकृतिक सौन्दर्य र साहसिक, धार्मिक पर्यटन झल्कने विभिन्न भिडियो देखाइएको सो कार्यक्रममा गत वर्ष बेलायतबाट ६० हजार बढि पर्यटक नेपाल घुम्न गएको तथ्यांक समेत जनाइएको थियो ।



महाभूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र पूर्ववत अवस्थामा फर्किसकेको जनाइएको थियो भने सुरक्षित र उत्कृष्ट गन्तव्य भएकोले राजदुतले बेलायती पर्यटकलाई एक पटक नेपाल जान पनि प्रेरित गरे । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलभय पनि पोखरामा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिने अवस्था रहेको बताउनु भयको थियो। उपस्थित बिदेशी पाहुनाहरूलाई राजदुत डा सुवेदीले नेपालमा पर्यटकहरुलाई गरिने आतिथ्य विश्वमा अन्यत्र कहीं नभएको पनि बताउनु भयको थियो ।

कार्यक्रम संयोजक एवं नेपाल भ्रमण वर्ष २०२०, उच्चस्तरिय समिति यूके अन्तर्गत ट्राभल एण्ड टुर प्रमोशनल कमिटी संयोजक बिराज भट्टले नेपालबारे विस्तृत जानकारी समेटिएको एउटा ‘प्रिजेन्टेसन’ प्रस्तुत गरेका थिए। भट्टले आफ्नो प्रस्तुतिका क्रममा नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक सुन्दरता, धार्मिक, सांस्कृतिक तथा सामाजिक आयामबारे जानकारी दिंदै नेपाल होलिडेका लागि उत्कृष्ट गन्तव्य भएको बताए। दुई दशकदेखि पर्यटन व्यवसायमा आवद्ध भट्ट लन्डनस्थित ट्राभल कन्सोलका निर्देशक र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका नवनिर्वाचित उपाध्यक्ष पनि हुन्। कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले नेपालमा उत्पादित चिया, कफी विश्वकै उत्कृष्ट मध्ये पर्ने बताए।

कोसेली सास्कृतिक समुहका संस्थापक अध्यछ्य एवम समाजसेवि मदन थापाले सांरगीबाट मालश्री धुन प्रस्तुत गरेको सो कार्यक्रममा नेपालकी चर्चित नृत्यांगना दिपासा बिसी जलपरी, स्थानीय कलाकारहरु सुस्मिता थापा, सबु सेन्चुरी, अमृता गिरी, पूजा गिरी लगायतले नेपाली मौलिक तथा लोक नृत्य गरेका थिए ।

विदेशीहरुमध्येबाट राफल ड्र गरि सात जनालाई विभिन्न आकर्षक पुरस्कार समेत प्रदान गरियको सो नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम सफल बनाउन दूतावासद्वारा गठित उच्चस्तरिय समिति अन्तर्गत ‘ट्राभल एण्ड टुर प्रमोशनल कमिटी’ ले गरेको कार्यक्रम बेलायतस्थित ट्राभल टुर अपरेटर, ट्राभल एवं हस्पिटालिटी व्यवसायी र मिडियाको बाक्लो उपस्थिती थियो ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?