Wednesday October 16, 2019

समाज, संस्कृति र परम्परामा रमाउदै यती नेपाली एसोसीयसनको दशै भब्य

१६ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम। 1063


समाज, संस्कृति र परम्परामा रमाउदै यती नेपाली एसोसीयसनको दशै भब्य

शीतलपाटीन्युज डटकम।
ह्रयारो, लन्डन। समाज, संस्कृति र परम्परालाई  बेलायतस्थीत युरोप कै पहिलो र सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले साउथ हयारोस्थित हयारो फुटबल क्लबमा दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम भब्य सम्पन्न गर्यो।

एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसी प्रमुख अतिथी रहेको सो शुभकामना साझ संस्थाका अध्यक्ष एवं वरिष्ठ समाजसेवी ध्रुव केसीको अध्यक्षतामा सम्पन्न भयको थियो।

संस्थाका महासचिव डा. मुकुन्द बास्तोलाद्वारा संचालित सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मीले नेपालका देवी देवताको शंझना गर्दै स्वागत मन्तव्य  दियका थिए। खेलकुद सचिव ह्यारी गुरुंगले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिलाएका थिए। कोशेली समुहका संस्थापक समाजसेवी मदन थापाको समूहले सुमधुर मालश्री धुन प्रस्तुत गरी मंगलमय बनेको सो कार्यक्रममा वरिष्ठ समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसी र संस्थाका अध्यक्ष ध्रुव केसीले संयुक्त रुपमा पानसमा बती बालेर उद्घाटन गरेका थिए । डा केसी आफ्नो निजि भ्रमणको शिलसिलामा बेलायत आएका बखत यो अवसर मीलेको थियो।

समारोहमा प्रमुख अतिथी केसी, डा.धिताल, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी लगायत अतिथीहरुले शुभकामना दिंदै विश्व नेपाली डायस्पोरामा यतीको महत्वबारे धारणा राख्नु भयको थियो। यती नेपाली एसोसीयसनको स्थापनाले युरोप छेत्र र बिदेशमा नेपालीहरूको पहिचान बढाएको थियो।

अध्यक्ष ध्रुव केसीले दशैं तिहार शुभकामना दिंदै सहभागी सबैप्रति आभार व्यक्त गरेको सो कार्यक्रममा शुभकामना आदान प्रदानका साथै नेपालका राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न खालका गीतसंगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।सांस्कृतिक सचिव माया केसीले सास्कृतिक कार्यक्रमको तयारीमा गरेको बाल कलाकारद्वय दिव्या र काव्या दाहालको नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो। तेस्तै नायिका पनाह अधिकारीको नृत्य, गायिका भूमिका शाहको सुमधुर गीत, गायक प्रसाद खप्तडी मगरको सालैजो भाकामा उपस्थीत सबै झुमेका थिए। गजलकार राज सिग्देलको गजल-

 "उ जितेर गइ या हारेर गइ, नतिजा आफैतिर पारेर गइ",

हिजो निम्ता दिई बस्न दिलमा, आज कंडे तारले बारेर गई"


बोलको गीतमा सबैले स्वरमा स्वर मिलाएका थिए । तेस्तै सिग्देलकै’झ्यानाकुटी झ्यांई’ ले पनि सबैलाई थप उत्साह प्रदान गरेको थियो। सो अवसरमा डीजे सपन कुमार राइले आकर्षक सांगीतिक गीतहरू पस्केर थप मनोरंजन प्रदान गरेका थिए ।


बेलायतको पूरानो संस्थाको रुपमा परिचित यती नेपाली एसोसिएसन विगतका दिनमा निष्कृय रहेतापनि नयां नेतृत्वको चयन पश्चात भने सक्रिय बन्दै गएको पाइएको छ । नेपाली कला संस्कृति र मौलिक परम्परालाई निरन्तरता दिंदै भावी पुस्ताहरुलाई पनि निरन्तरता दिलाउने अभिप्रायले यती नेपाली एसोसियसनले विभिन्न मौलिक एवं सांस्कृतिक कार्यक्रमहरु गर्दै लैजाने संस्थाका अध्यक्ष ध्रुव केसीले बताएका छन् ।


मन्तव्यका क्रममा एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसीले शुभकामना मन्तव्य प्रस्तुत गर्दै गैर आवासीय नेपालीहरुको हक अधिकार र त्यस सम्बन्धमा एनआरएनले खेलिरहेको भूमिकाको बारेमा उल्लेख गरेका थिए। अब चाडै नै एनआरएन हरुले नागरिकता सम्बन्धि अधिकार प्राप्त गर्ने पनि उनले बताएका छन्। एन आर एन युकेका उपाध्यछछ्यहरू सुनीलबाबु खड्का र नारायण कडेल, महासचीव फडिन्द्र भट्टराई, इङलैण्ड राज्य समन्वय परिषद अध्यछ्य दिपक श्रेष्ठ, साहित्य बिकास परिषदका अध्यछ्य कोमल मल्ल, तमु समाज बेलायतका अध्यछ्य शीव गुरूङ,कोशेली सास्कृतिक समुहकी अध्यछ्य शर्मीला सीह, तमुधी युकेका पुर्व अध्यछ्यहरू कमल गुरूङ र

सुवासी गुरूङ, यती नेपाली एसोसीयसनका बरिष्ठ समाजसेवीहरू डा जानकी धिताल, चीत्र बहादुर गुरूङ, हरिसीह थापा, बिजय थापा, बसन्त राय, दौलत राई, हरि केशी , आरती श्रेष्ठ,  सुरेन्द्र श्रेष्ठ, आसीष पंत, पुर्व अध्यछ्य उमेसराज मोक्तान, निवर्तमान अध्यछ्य शसीधर नेपाल लगायत पत्रकारहरूमा नविन पोखरेल, चीरन शर्मा, ध्रुवराज अर्याल, स्याम लुईटेल, नरेन्द्र बस्नेत,जगन कार्की, शीव भण्डारी, प्यरकास कडेल,ती नेपाली एसोसीयसनका उपाध्यछ्य जीवन सेन, कोषाध्यछ्य देव गुरूङ तथा अरू पदाधीकारीहरू, यती नेपाली एसोसीयसनका शुभ चीन्तकहरू समेतको भब्य उपस्थिती थियो।

"उ जितेर गइ या हारेर गइ"
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?