Monday May 25, 2020

झन्डै बिमान दुर्घटना,आपतकालीन अवतरण

१८ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1084



काठमाडौं । अष्ट्रेलियामा उडान भरेलगत्तै विमानको टायर पड्किएको छ । ब्रिसबेनबाट उडान भरेको क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमानको टायर पड्किएको हो । टायर पड्किएपछि विमानलाई आकास्मिक अवतरण गराइएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको हो । टायर पड्किँदा निस्किएको ठूलो आवाजले यात्रुहरु डराएका थिए । तर, पाइलटले टायर पड्किएको जानकारी दिँदै यात्रुलाई नआत्तिन आग्रह गर्दै विमानलाई आकस्मिक अवतरण गराएका हुन् । क्यानडा नेपालमा लेखिएको छ !

आइतबार भएको सो घटनामा पाइलटले एयर ट्राफिक कन्ट्रोललाई विमानको अवस्था जानकारी गराउँदै ब्रिसबेन विमानस्थलमै अवतरण गराउन चाहेको बताएका थिए । विमानका ६ मध्ये पाँचवटा टायरका भरमा अवतरण गराउन जोखिम हुने भएपछि करिब डेढ घण्टासम्म विमानस्थलभन्दा केही परको आकाशमा विमानले फन्को मार्दै इन्धन रित्याएको थियो ।अवतरणका लागि आवश्यक पर्ने इन्धन बाँकी भएपछि पाइलटलले विमान सकुशल अवतरण गरेको बताइएको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?