Wednesday October 16, 2019

विश्व हिन्दु परिषद युकेवाट £१५४९३.०० मन्दिरलाई सहयोग: नौमती बाजाबाट फुलपाती पनि भब्य

१९ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम । 1103


विश्व हिन्दु परिषद युकेवाट £१५४९३.०० मन्दिरलाई सहयोग: नौमती बाजाबाट फुलपाती पनि भब्य

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। शिव कल्चरल एण्ड कम्युनिटि सेन्टर अल्डरसटले संस्थाका सह कोषाध्यछ्य   संयोजक हरि भट्टराई  रहेको यस बर्षको वडादशैं २०७६ मंगलमय शुभकामना सहित पुजाआजा गरेर मनाई रहेको समाचार प्राप्त भयको छ।

हिजो ५ अक्टोवरमा यसपालीको वडादशैंको फुलपाती प्रथम नौमतीबाजाको करतल ध्वनीका साथ भीत्याएको समाचार छ। सो कार्यक्रममा नौमती बाजाका प्रमुख ओम बहादुर थापा काउचाको नेतृत्वमा परम्परागत नौमती बाजा करनाल,नर्सीड्घा ध्वनि बजाउदा नेपाल कै गाउघरको झल्को दियको थियो भने नेपाली जहा रहे पनि नेपाली कला संस्कृती र परम्पराको सम्मान गर्दछ भन्ने पुष्टी गरेको थियो।

पंण्डित केदारनाथ रीमालद्वारा नवदुर्गा पुजा आराधना संचालन गरीयको सो मंदिरमा दैनिक भक्तालुहरुको बाक्लो उपस्थित रहेको छ भने हिजो भयको फुलपाती भीत्याउने कार्यक्रम भव्य भयको र बिशेष भीड भयको थियो।

राती अवेरसम्म गाना बजाना भजन भयको सो कार्यक्रममा स्थानिय सासंद लीयो डोटर्ची, स्थानिय काउन्सील लीडर डेभीड , पुर्व सहसचीव तुलसी न्यौपाने, स्थानिय नेपाली ब्रिटीस काउन्सीलर प्रवेश केशी, पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्ग, साइ सेन्टर फानबोरोकी अध्यक्ष सुस्मा गुरुड्ग, रसमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेलवासे, समाजसेवीहरुमा पुर्व डिएसपी शीवजी श्रेष्ठ,

हरि कुमार श्रेष्ठ, दिपक न्यौपाने,स्मीता न्यौपाने, भीम बानीया,रमा बानीया, मगर संघ युकेका अध्यछ्य सुनील राना, कोषाध्यक्ष बाचस्पति रेग्मी, पवन रेग्मी, सह कोषाध्यक्ष हरि भट्टराई, बिमला भट्टराई, धन छत्री, पवित्रा भट्रराई, नीलकठ्ठ पौडेल, सुसीला पौडेल, इन्द्र शर्मा, उपेन्द्र कार्की, रेखा कार्की, शीव बानीया, निरज तिवारी, रंजीता मल्ल,नविन गुरुड्ग, रीता क्षत्री, डा कुमार, सुनीत जैन, अनुप बर्मा समेतको उपस्थीती थियो।

शिव कल्चरल एण्ड कम्युनिटि सेन्टर अल्डरसट भर्खरै खरिद गरी यसै बर्षबाट संचालनमा आयको हिन्दु मन्दिर हो। सोही फुलपाती भीत्र्याउने क्रममा विश्व हिन्दु परिषद युकेका महासचीवले £१५४९३.०० को एउटा चेक सो समारोह बिच मन्दिरलाई सहयोग गर्दै अध्यक्ष रोहीत गुरुड्ग र सल्लाहाकार भीम बानिया र संयोजक हरी भट्टराईलाई हस्तातरण गरेको समेत समाचार छ। शिव सेन्टरका अध्यछ्य गुरूङले आर्थीक सहयोग गर्ने बिश्व हिन्दु परिषद युकेलाई धन्यबाद दिदै पुजा गर्न, दान दिन इच्छुक भक्तजनहरुलाई स्वागत छ भन्दै शिव मन्दिर समीतीले आव्हान गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?