Wednesday October 16, 2019

बडादशैँको नवरात्रीको आठौँ दिन आज महालक्ष्मी,यसरि गरिन्छ महासरस्वतीको पूजा आराधना

१९ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1005



काठमाडौं । बडादशैँको नवरात्रीको आठौँ दिन आज महालक्ष्मी, महासरस्वतीसँगै महाकालीको पुजाँ गरि देश तथा संसारभर रहेका नेपालीहरुले धुमधामका साथ दशैँ पर्व मनाउँदैछन् । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उनले बताए । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताए ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार महाकाली माताको साधना सन्यासी र तान्त्रिकहरुले पनि गर्ने गर्छन्। महाकालीको उपसनाको लागि मूर्ति वा तस्माविर स्वच्छ र पवित्र स्थानमा राख्ने र सफा ९चोखो० पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने गरिन्छ। त्यस्तै १०८ पटक ऊं क्रीं कालिकायै नमः और ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्नु परम्परा रही आएको छ । आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनु सकिने धार्होमिक मान्स्यता रहिआएको र महाकालीको पूजाबाट तुरुन्त लाभ मिल्ने विश्वास गरिन्छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?