Sunday July 05, 2020

कस्तो छ तपाईको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

१९ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1200



पशुपति नाथको लागि तस्बिर परिणाममेष-चू,चे,चो,ला,लि,लू,ले,लो,अ० हप्ताको सुरु आर्थात आईतबार सोमबारको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । मंगलबारबाट समय राम्रो रहेकोले नया कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने व्यापारमा गरिएको लगानिबाट भनेजस्तो लाभ हुनेछ । पढाई लेखाईमा बिशेष चासो बढ्नेछ भने प्राबिधिक शिक्षामा सफलता हात लाग्नेछ । समाजमा सानो काम गरि नाम कमाउन सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा तथा उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ । पुराना समस्याहरु हल भएर जानेछन् । माया प्रेममा नजिक भई मनका कुरा साटासाट गर्न सकिने समय रहेकोछ ।

बृष-ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा० समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । मंगलबारबाट समय उत्तम रहेकोले अन्य क्षेत्र मध्ययम रहेपनि बौद्धिक क्रियाकलाप तथा प्राज्ञिक क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे धन आर्जन हुनेछ । अध्ययनमा अलि बढि समय दिन सके उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोले त्यस सँग सम्बन्धित काममा हात हाल्नु उपयूक्त हुनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई चिर्दै एक अर्कामा मन जित्न सकिनेछ । सन्तान तथा छोरा छोरीको काम देखेर मन प्रशन्न हुनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने प्रतिष्पर्धामा तपाईकै जित निश्चिछ छ ।

मिथुन-का,की,कू,घ,ङ,छ,के,को,हा० हप्ताको सुरु र अन्तको समय उत्तम रहेकोले समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ ।

कर्कट-ही,हू,हे,हो,डा,डी,डु,डे,डो० हप्ताको सुरु र अन्तको समय मध्ययम रहेकोले अर्थ उपार्जनका बिभिन्न स्रोतअरु फेला पार्न सकिने भएपनि समय अभावले अवसरहरु गुम्नेछन् । बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । मंगलबारबाट बिहिबार बिहान सम्मको समय उत्तम रहेकोले दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । लेखन कलाको माध्ययमबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने अरुलाई आफ्नो प्रभावमा लिएर काम लिन सकिनेछ ।

सिहं -मा,मी,मू,मे,मो,टा,टी,टू,टे० सोमबार सम्मको समय मध्ययम रहेकोले बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । मंगलबारबाट समय उत्तम रहेकोले नया नया कामको प्रश्ताब आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएरु जानेछन् । छोटो तथा लामो दुरिको उपलब्धिमुलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा दाजुभाई हरुको सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ ।

कन्या -टो,पा,पी,पु,ष,ण,ठ,पे,पा० हप्ताको सुरुमा बिदेश भावमा गोचर गर्ने चन्द्रमाले लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । आईएनजिओ तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायि रहनेछ । मंगलबारबाट समय उत्तम आउँने हुनाले तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ ।

तुला -रा,री,रु,रे,रो,ता,ती,तू,ते० हप्ताको शुरु र अन्तको समय राम्रो रहेकोले बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले तपाई आफ्नै कमजोरिले बिवाद बढ्ने तथा बिवादमा आफु तल परिनेछ । घरायसि सुख, प्रेम सम्बन्ध, दाम्पत्य जीवनमा केहि असहज परिस्थितिको सामना गर्नुपर्ने हुँन सक्छ । तापनि बिदेशमा बसेर व्यापार गर्ने तथा बिदेशमा रहेर काम गर्नेहरुका लागि दिन फलदायि रहनेछ ।

बृश्चिक -तो,ना,नी,नू,ने,नो,या,यी,यू० व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । हप्ताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । तापनि बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

धनु -ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । मंगलबारबाट समय झन् राम्रो आउँने हुनाले प्राबिधिक शिक्षाको सदुपयोग गरि परिणाममुखि काम गर्न सकिनेछ । नविनतम् विचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेम सफल रुपमा अगाडि बड्ने समय रहेकोछ भने जीवन साथिको सल्लाह लिएर अगाडि बढ्दा नतिजा राम्रो आउनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ ।

मकर -भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० आईतबार र सोमबारको समय मध्ययम रहेकोले तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । मंगलबारबाट समय उत्तम रहेकोले लगनशिल तथा मेहनेती भई काम गर्नाले दैनिकी परिवर्तन हुनेछ । सम्मानजनक जिम्मेवारि बहन गर्ने जिम्मेवारि प्राप्त हुनेछ भने बिशिष्ट व्याक्तिहरुको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने उत्कृष्ट नतिजा ल्याउदै हरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । धर्म सस्कृति तथा रितिरिवाजको पालन गर्दै समाजमा स्थापित सस्कारको जगेर्ना गर्ने कामका तपाईको भुमिका महत्वपुर्ण हुनेछ । समयले साथ दिने हुदा व्यापार व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था मजभुत हुनेछ ।

कुम्भ -गू,गे,गो,सा,सी,सू,से,सो,दा० हप्ताको सुरु र अन्तको समय उत्तम रहेकोले बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले काम गर्ने शैली नमिल्नाले पुनह गर्नुपर्नेछ भने समयको ख्याल नगर्दा बिभिन्न अवसरहरु गुम्नेछन् । अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ ।

मीन-दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । हप्ताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । तपाईको साता शुभ रहोस ।




मतहरू

AshawicaTrousia

where to buy cialis

another name for tylenol

I've been browsing online more than 3 hours today, yet I never found any interesting article like yours. It's pretty worth enough for me. In my view, if all webmasters and bloggers made good content as you did, the net will be much more useful than ever before.

AshawicaTrousia

cialis buy online

AshawicaTrousia

cialis buy online

AshawicaTrousia

cialis buy online

AshawicaTrousia

cialis buy online

AshawicaTrousia

cialis buy online

generic cialis

I'm gone to tell my little brother, that he should also go to see this website on regular basis to take updated from most recent gossip.

https://bimatoprostonline.confrancisyalgomas.com

https://bimatoprostonline.confrancisyalgomas.com

real viagra for sale online

real viagra for sale online

careprost 3ml eye drops

careprost 3ml eye drops


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?