Friday November 15, 2019

हमालले भेटे एसिड आक्रमणमा परेकी मुस्कानलाई,यतिसम्म भने मुस्कानलाई

२९ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1025



काठमाडौ‌ं – एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई अभिनेता राजेश हमालले भेटेका छन् । राजधानीमा उपचार गराइरहेकी मुस्कानलाई भेट्न हमाल अस्पताल पुगेका थिए ।

अस्पतालमा मुस्कानसँग झण्डै आधा घण्टा कुरा गरेका हमालले उनको हौसला बढाउने प्रयास गरे । उनले मुस्कानलाई निको भइसकेको र अब छिट्टै घर जाने दिन आएको भन्दै हौसला प्रदान गरे । 
हमालले मुस्कानलाई भविष्यमा के बन्ने इच्छा छ भन्दै सोधेका थिए । उनको प्रश्नमा मुस्कानले डाक्टर बन्ने सपना देखेको बताइन् । उनको उत्तर सुनेर हमालले भने, ‘तिम्रो उमेरमा म कलाकार बन्छु भनेर लागेको थिएँ, तिमी डाक्टर हुनुपर्छ भनेकी छौ, जसरी भए पनि हुनुपर्छ है !’

हमालले मुस्कानको सामुन्ने बसेर उनको हौसला बढाउने प्रयास गरेका थिए । साथै उनले मुस्कानलाई कहिल्यै हिम्मत नहार्न पनि सम्झाए । कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी मुस्कानलाई यसअघि बलिउड सेलिब्रेटी र थुप्रै नेपाली सेलिब्रेटीले पनि हौसला बढाउन उनीसँग भेट गरेका छन् ।

प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै मुस्कानमाथि एसिड आक्रमण गर्ने युवकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ताजा खबरमा लेखिएको छ !




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?