Friday November 15, 2019

लमजुङका ३४ वर्षीय राजु बिगत २० वर्षदेखि आफ्नै घरको कोठामा ब*न्दी जिबन बिताउदै

२९ आश्विन, २०७६ शीतलपाटीन्युज डटकम 1052



लमजुङ – लमजुङकाे सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा ब*न्दी अवस्थाको जीवन बिताउँदै आएका छन् । सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मा/न/सिक सन्तुलन गु*मेपछि दुई दशकदेखि कोठामै ब*न्दी अवस्थामा रहँदै आएका हुन् ।

उहाँको मा/न/सिक सन्तुलन गु*मेपछि जसलाई जतिबेला पनि हात_पात र आक्र_मण गर्ने भएकाले परिवारले घर नजिकै छुट्टै कोठा बनाएर राख्दै आएको छ । राजुलाई झण्डै १४ वर्षको उमेरबाट कोठामा राख्दै आएको परिवारले जनाएको छ । उहाँको स्वभाव निकै आक्र_मक भएकाले बाहिर छाडेपछि जो कसैलाई आक्र_मण गरिहाल्ने समस्याले परिवारजन थप मर्कामा परेका छन् ।

“उसले आमाबाबु कोही भन्दैन जसलाई पनि जे भेट्छ त्यसले हान्छ”, राजुकी आमा लुरीमायाले भन्नुभयोे, “केहीदिन अघि मात्रै बिहान खाना पु¥याउन गएको मलाई टाउकोमा चिर्पटले हा_न्यो, बाबाले रोक्न खोज्दा उहाँलाई पनि नाकमै ब*जायो, हामी /र/ग*ताम्य हुँदै भा+गेर बाँच्यौँ ।” राजुले चिर्पटले हा*नेर घाउ लागेपछि टाउकोमा १० ओटा टाँ/का लगाउनु परेकोसमेत लुरीमायाले बताउनुभयो । “खाना दिने बेलामा कहिले त भाग्ने गर्छ र केही दिनसम्म त घरमै आउँदैन । छोरालाई कसैले पि*टेर हो कि कतै ल*डेर हो शरीरभरि घाउ बनाएर घर फर्किन्छ”, बुबा पूर्णबहादुर विक (कामी)ले भन्नुभयो । यति मात्रै होइन कोठाबाट भागेर छोराले छिमेकीलाई समेत कु*ट्ने गरेको बताउँदै कति चोटि गाउँलेलाई जरि*वानासमेत तिर्दैै आएको उहाँको भनाइ छ ।

छोरालाई कोठाबाट बाहिर निस्किन नदे भन्दै स्थानीयले भन्ने गरेको र छोराले विध्वंश पार्ने ड*रले कोठामै राख्नुपरेको आमा लुरीमायाले बताउनुभयो । राजुको मा/न/सिक सन्तुलन मात्रै गु*मेको छैन, छारे रोगसमेत रहेको परिवारले जनाएको छ । छोराको उप_चारका लागि वडा कार्यालयदेखि जिल्ला समन्वय समिति लगायतमा कुरा राखे पनि समस्याको समा_धन केही हुन नसकेको बुबा विकको भनाइ छ ।

गाउँकै महेन्द्र मन्दिर माविमा ४ कक्षामा पढ्दै गर्दादेखि उसको मानसिक सन्तुलन बिग्रँ#दै गएको आमाको भनाइ छ । स्कुलमा साथीहरुलाई कुट्ने, पिट्ने र जथाभावी गर्ने जस्ता गतिविधि गर्न थालेपछि विद्यालय छुटाएर घरमै कोठामा राख्ने गरिएको आमाले बताउनुभयो । उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खाना लाउनै धौधौ छ ।

राजुको उपचारका लागि परिवारले पर्याप्त खर्च गर्न नसक्दा उहाँ लामो समयदेखि क#ष्टकर जीवन विताउन बाध्य हुनुहुन्छ । “पैसा भएको भए राम्रो अस्पतालमा लगेर स्वास्थ्य जाँच गर्न पाए ठिक हुने थियो होला, कसैले सहयोग गर्दिए म धेरै भाग्यमानी र खुसी हुने थिएँ”, आमा लुरीमायाले भन्नुभयो, “उपचार गर्न नसके पनि कतै छोरालाई खाना र बस्ने ठाउँको व्यवस्था भए त्यहीँ पठाउनुहुन्थ्यो, छोरालाई पनि राम्रो अनि हामी आमा बाबुलाई पनि ढुक्क हुन्थ्यो ।” लुरीमायाको चार छोरा र दुई छोरी छन् ।
मा/न/सि/क सन्तुलन ठिक न भएको राजु माइलो छोरो हुन् । राजु बाहेक सबैजनाले विवाह गरेर कोही कतै कोही कतै पुगेका छन् । घरमा आमा लुरीमाया, बाबा पूर्णबहादुर र राजु मात्रै छन् । बुढाबुढीले कामकाज गर्दै परिवार चलाउँदै आएको बुबा पूर्णबहादुरले बताउनुभयो । रासस




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?