Monday January 27, 2020

फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न

४ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम । 1543


फरक स्वादको डार्टफोर्डको दशै तिहार शुभकामना साँझ सम्पन्न

शीतलपाटीन्युज डटकम।

डाटफोर्ड, लण्डन।  १९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितांत भिन्न स्वाद र शैलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्यो ।समाजका अध्यक्ष गजेन कटुवालको सभापतित्वमा संपन्न उक्त कार्यक्रमको औपचारिकसत्रको संचालन संस्थाका महासचिव लेखनाथ खरेलले गरेका थिए भने औचारिक स्वागत मन्तब्य संस्थाका सचिव धन छेत्रीले गरेका थिए। 

 दुइ सत्रमा बिभाजित कार्यक्रममा दोश्रो अनौपचारिक सत्र सांस्कृतिक संयोजक सुनीता थापाले गरेकी थिइन I यस बर्ष डार्टफोर्डमा बसाई सरिआएका (१८ परिवार) नवआगन्तुकलाई पुष्पगच्छासहित संस्थाका अध्यक्ष गजेन कटुवालले स्वागत गरेकाथिए । शैक्षिक उपलब्धि हासिल गरेका नानीबाबुहरुलाइ प्रसंसा पत्र प्रदान गरिएको थियो I यस पटकको डार्टफोर्डको दशै तिहार शुभकामना साँझको आकर्षण भने संस्थाका अध्यक्ष गजेन कटुवालको परिकल्पना, सम्बाद तथा लेखनमा भब्य रह्यो। रामायणको कथामा आधारित "दशै नाटिका " भब्य रह्यो, जसलाई कोरियोग्राफर सुनीता थापाले निर्देशन गरेकी थिइन,।

डार्टफोर्डका स्कुल तथा कलेजमा अध्यनरत नानिबाबू तथा अभिवावकद्वारा अभिनीत उक्त नाटिकालाई अत्यन्तै सराहना प्राप्त भयो। पूर्ण रुपमा अंग्रेजीमा अभ्यस्त नानीबाबुहरुद्वारा गरिएको सम्बाद त्यों पनि पौराणिक कथाको भाषा बोल्न लगाउनु र संबादलाई मंचमा उतार्नु चुनौती रहेपनि उक्त नाटिकाको कलाकारहरुले पहिलो प्रयास अत्यन्तै राम्रो संग मंचन भयोI सम्बाद, अभिनय तथा निर्देशनको हिसाबले नाटिकालाई अत्यन्तै न्याय गरेको कुरा लेखकले बताए भने सो कुरा दर्शकहरुबांट बिसेष गरी कलाकारहरुसंग तस्बीर खिचाउन गरिएको आग्रहले समेत पुस्टि गर्यो I

साना देखि ठुला बच्चाहरुलाइ इंगेज गर्ने उद्देश्य अनुरूप कार्यक्रम तय गरिएको थियो जस्मा नेपाली कक्षाका ( डार्टफोर्ड नेपाली समाज द्वारा संचालित ) साना नानीबाबुहरुले आफ्नो प्रतिभाले सबैलाई मुग्ध पारेका थिए भने स्थानीय कलाकारहरुको गीतले अझ रोचकता प्रदान गरेको थियो I




मतहरू

generic viagra without subscription walmart

honest psychology generic viagra sales essentially text unfortunately breast viagra generic fine job everywhere idea generic viagra sales totally professor [url=http://viagenupi.com/#]generic viagra sales[/url] personally medium generic viagra sales clean edge


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?