Monday January 27, 2020

वेलायतमा राष्ट्रकवि र महाकविको सम्मानमा साहित्य समर्पण

५ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम। 1441


वेलायतमा राष्ट्रकवि र महाकविको सम्मानमा साहित्य समर्पण

शीतलपाटीन्युज डटकम।

२० अक्टोबर, लण्डन। वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके द्वारा राष्ट्रकवि माधब प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव र ११०औं महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमकासाथ उत्साहवर्धक रुपमा मनाइयो । समारोहको पहिलो चरणमा नव निर्वाचित यति नेपाली यशोसियसन यूकेका अध्यक्ष ध्रुब केसि. लाई स्वागत सम्मान र यति नेपाली यशोसियसनको तर्फबाट महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदी र द्वितिय सचिव लब सुबेदीलाई यति नेपाली यशोसियसन यूके. को तर्फबाट मायाको चिनो अर्पण गरियको थियो ।

स्थानिय वेष्ट लण्डन स्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद्का संरक्षक महामहिम राजदूत डा.दुर्गा बहादुर सुवेदीले समुन्द्र पारि विदेशमा राष्ट्र-कवि माधव प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव मनाउनु ऐतिहासिक भएको चर्चा गर्नुभयो साथै दोस्रो चरणको ११०औँ महाकवि देवकोटा जयन्ती समारोहलाई सम्वोधन गर्नुहुँदै महामहिम राजदूत डा.सुवेदीले महाकवि देवकोटा साहित्य सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेकोछ भनेर गर्वकासाथ भन्न सक्दछौ भन्नु भयो ।

महामहिमले नेपाली साहित्य विकास परिषद् यूकेले वेलायती भूमिमा यसरी राष्ट्रका धरोहर राष्ट्रकवि र महाकविको सम्मान र सम्झना गरेर साहित्यिक उर्जा जगाएको धारणा राख्नु भयो । समारोहमा अर्का विशिष्ट वक्ता परिषद्का वरिष्ठ सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा.राघव प्रसाद धिताल ओबीईले राष्ट्रकवि माधव प्रसाद घिमिरे साहित्यका एक प्रज्वलित नक्षत्र हुन उहाँको जन्मोत्सव मनाउन पाउँदा खुसी लागेको बताउनु भयो। साथै दोश्रो चरणको कार्यक्रममा बोल्नु हुदै महाकवि लक्ष्मीप्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन । उनको मुनामदन कृतिले नेपाली समाजमा समानता समावेसीको आवाज उसैवेला उठाएको थियो भन्नु भयो। उहाँले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर हुन भन्नुहुदै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै देकोटा जयन्ती भानु जयन्ती लगायतका विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आएर वेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा गर्नु भयो ।

सभापतिको आसनबाट सम्वोधन् गर्नुहुँदै परिषदका अध्यक्ष साहित्यकार कोमल मल्लले राष्ट्रकवि माधव प्रसाद घिमिरेको शुभ जन्मोत्सव गतबर्ष झै यस बर्ष पनि मनाउन पाउदा परिषद गर्वित छ भन्नुभयो। यसैगरी दोश्रो चरणको कार्यक्रममा बोल्नुहुँदै नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरूले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर नै गरेका थिए भन्नुभयो ।समारोहमा परिषद्का पूर्वअध्यक्ष खगेन्द्र नेपालीले महाकवि देवकोटा र राष्ट्रकवि माधव प्रसाद घिमिरे नेपाली माटोका साहित्यिक निधि र प्रेरणाका श्रोत हुन भन्नुभयो। उहाले नेपाली साहित्य विकास परिषदले साहित्यिक गतिविधिहरू गरेर कवि, राष्ट्रकवि र महाकवि प्रति सच्चा सम्मान पु-याएको चर्चा गर्नुभयो। यस अघि समारोहमा परिषद्का सह महासचिव डा. संगिता स्वेच्छाले स्वागत मन्तव्य र महासचिव वीरेन्द्र कुवँरले उद्योषण गर्नुहुँदै नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको हरेक वर्ष जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेकोछ भन्नु भयो।

समारोहको पहिलो चरणमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्पण गरिएको थियो भने दोश्रो चरणमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्ण गरी श्रद्दा सुमन अर्पण गरिएको थियो । समारोहमा कोसेली नेपाली सांस्कृतिक परिवार यूके का संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाले , प्रमोद शर्मा, वसन्त रायक्षेत्रीले मुना मदन, र मालती मंगलेको संगीतवद्ध गीत मार्मिकरूपले प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको तेश्रो चरणमा कविता वाचन गरिएको थियो। कविता वाचन तर्फ भाग लिने कवि कवयतृहरूमा वसन्त रायक्षेत्री,दिनेश पौडेल,खगेन्द्र नेपाली, हरिसिंह थापा,डा.सुधा श्रेष्ठ, डा.संगिता स्वेच्छा,मनोज अन्जान,मदन थापा,कोमल मल्ल हुनु हुन्थ्यो ।

अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पु-याउनु हुने डा.राघव प्रसाद धिताल,डा.जनक कुमारी धिताल, डा.सुधा श्रेष्ठ,बसन्त राय क्षेत्री, ध्रुव केसि,विरेन्द्र कुँवर, मनोज अन्जान ,कोहिनूर मल्ल तथा सहभागी सबैलाई परिषदको तर्फबाट बिशेष धन्यवाद ज्ञापन गरिएको थियो ।




मतहरू

cenforce 50 for sale

the heat [url=http://cavalrymenforromney.com/#]cenforce 50 for sale[/url] downtown consideration any nail cenforce 50 for sale honestly vacation cenforce 50 for sale strongly manufacturer

order naltrexone online

deeply effect careprost 3ml eye drops currently author less break naltrexone hcl fresh traffic literally present careprost online purchase totally bike [url=https://naltrexoneonline.confrancisyalgomas.com/#]naltrexone for weight loss[/url] directly hour careprost buy online roughly stupid

cenforce 200 price

clear class cenforce 100 for sale literally pop cenforce 100mg quite cabinet order cenforce online overnight around repeat [url=http://cavalrymenforromney.com/#]cenforce 200 for sale[/url] widely sock sildenafil citrate for sale tourist television

generic viagra sales

equally volume generic viagra sales along monitor generic viagra sales very worth generic viagra sales gross night [url=http://viagenupi.com/#]cheap viagra[/url] recently jacket online viagra early log


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?