Friday November 15, 2019

युकेको बेल्स राज्यमा नेपालीहरूको दशौँ बार्षिकोत्सब र दशैं तिहार रमझम एकैसाथ भब्य सम्पन्न

११ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम। 1561


युकेको बेल्स राज्यमा नेपालीहरूको दशौँ बार्षिकोत्सब र दशैं तिहार रमझम एकैसाथ भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

युके, वेल्स, २६ अक्टोबर २०१९।  नेपालीहरुको महान चाडहरु दशैं र तिहारको उपलक्ष्यमा नेपाली समाज वेल्स, युकेद्वारा आयोजित दशैँ-तिहार २०७६ शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन भयो । बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । आफ्नो मातृभूमी नेपालबाट बिभिन्न परिबेशले परदेशिएर संयुक्त अधिराज्य अन्तर्गत वेल्सको राजधानी कार्डिफ तथा वरपर बसोबासरत नेपाली तथा नेपाली मूलका बेलायती नागरीकहरु बिचमा भातृत्व, सहयोग, सदभाव तथा सहकार्य बृध्दि गर्दै संगठित तथा संस्थागत रूपमा आगाडी बढ्ने उदेश्य राखी नेपाली समाज वेल्स यूकेको २२ अगस्ट २००९ मा स्थापना भएको थियो । नेपाली समाज वेल्स स्थापना भएको १० वर्ष पुरा भएको अवसरमा दशैँ- तिहारको खुशियाली समय पारेर दशैँ-तिहारको शुभकामना आदान प्रदानका साथ संस्थाको १० औ बार्षिकोत्सब कार्यक्रम संयुक्त रुपमा आयोजना गरिएको थियो ।

संस्थाका सचिब अमर ध्वज मल्लले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई स्वागत गर्नुका साथै भर्खरै मात्र गएको दशैं पर्बले हामी सबैमा खुशी र रौनक छोडेर गएको र आउदै गरेको तिहार पर्बले सबैमा शुख र लक्ष्मी माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा र विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम संचालन गर्नुभयो । अध्यक्ष  अमृत घलेले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात गर्नु भएको सो कार्यक्रममा नेपाली समाज वेल्सका संस्थापक अध्यक्ष चित्र बहादुर राई प्रमुख आतिथि साथै नेपाली समाज वेल्सका निबर्तमान अध्यक्ष तथा गैर आबासिय नेपाली संघ बेलायतका उपाध्यक्ष  राम चन्द्र पोखरेल, नेपाली समाज वेल्सका पूर्व अध्यक्षहरु पूर्ण चन्द्र लिम्बु र मति प्रसाद पुन विषेस आतिथिको रुपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष अमृत घलेले सम्पूर्ण उपस्थित महानुभाबहरु प्रति महान चाडको अबसरमा शुभकामना सन्देश दिनुका साथै यसको महत्वको वारेमा प्रकाश पार्नु भयको थियो। नेपाली समाज वेल्सको स्थापनाकाल २००९ देखि २०१८ सम्म कार्यकारी समितिमा बसी काम गर्नु हुने सम्पूर्ण पूर्व पदाधिकारी एबम सदस्यहरुलाई अध्यक्ष अमृत घले र उपाध्यक्ष निर लाल मोक्तानले खादा र ब्याज लगाएर समान गर्नु भयो भने संस्थापक अध्यक्ष चित्र बहादुर राईले संस्थाको १० औ बार्षिकोत्सबको खुशियालीमा केक काट्नु भएको थियो ।

कार्यक्रममा प्रमूख आतिथिका साथै सम्पूर्ण बिशेस आतिथिहरुले शुभकामना मन्तव्यका क्रममा संस्थाको १० औं बर्शिकोत्सबमा सहभागी हुन् पाउँदा खुशी ब्यक्त गर्दै संस्थाको उतरोत्तर प्रगति एबं कार्यक्रम सफलताको कामना गर्दै शुभ दीपावलीको शुखद उपलक्ष्यमा शुख, शान्ति एबं सम्बृदीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमको मनोरन्जनात्मक दोश्रो चरणमा विभिन्न साँस्कृतिक नाँचगान लिएर प्रस्तुत हुनुभएकी संस्थाकी सह-सचिब श्रीमती लक्ष्मी के. सिलाई कलाकारहरु सुश्री खुशी देवकोटा, प्रदिप सुबेदी, सुश्री रालु अव्लोनितिस, सुश्री अलिशा ओली, उमेश थापा, सुश्री प्रियंका भण्डारी, संजीव मैनाली र सुश्री दीपा न्यौपानेले जोडदार प्रस्तुति संगै साथ दिनु भएको थियो । तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन चल्तिलाई कायम राख्ने र हामी आफैमा रमाईलो गर्ने उद्देश्यले शालिकराम काफ्लेको नेतृत्वमा देउसी भैलोको रमझमले कार्यक्रम तिहारमय बनेको थियो।

कार्यक्रमको अन्तमा सँस्थाका उपाध्यक्ष निर लाल मोक्तानले कार्यक्रममा उपस्थित हुने सम्पूर्ण पाहुनाहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी महानुभावहरुलाई हार्दिक धन्यवादका साथ कृतज्ञता ज्ञापन गर्नु भै कार्यक्रम भब्य सम्पन्न भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?