१५ कार्तिक, २०७६
भारतको दिल्लीमा सन् २०१२ को डिसेम्बर १६ तारिखमा निर्भयाको सा मूहिक ब ला 8त्कार गर्ने चारैजना दो षी मुकेश सिंह, अक्षय कुमार सिंह, विनय शर्मा र पवन कुमारलाई फाँ सी दिने तयारी सुरु भएको छ । तिहाड जे ल प्रशासनले मृ त्यु द ण्डवि रुद्ध यदि सात दिनभित्र राष्ट्रपतिसँग द याको गु हार नग रे फाँ सीको का रवा ही सुरु गरिने जानकारी दिइसकेको छ । सर्वोच्च अदालतले गत वर्ष जुलाईमा चारैजनाको पु नर्विचार याचिका खारेज गरेको थियो । तर उनीहरुले अहिलेसम्म द याको गु हार लगाएका थिएनन् । यो उनीसँग उपलब्ध अन्तिम विकल्प हो ।
तिहाड जे ल मुख्यालयले सात दिनभित्र जवाफ पनि माग्योः
तिहाड जेल मुख्यालयले अक्टोबर २८ मा ती तीन जेल अधिक्षकलाई गो प्य चिट्ठी लेखेको थियो जहाँ चारैजना दो षी ब न्द छन् । मुकेश र अक्षय जेल नम्बर दुई, विनय जेल नम्बर चार र पवन जेल नम्बर १४ (मन्डोली जेल) मा ब न्द छन् । मुख्यालयले पत्रमा चारै दो षीलाई मृ त्युद ण्डको सजाय सुनाइसकेको बताएको थियो । मुख्यालयले सात दिनभित्र उनीहरुको जवाफ पनि मागेको छ ।
सम्बन्धित जेल अधिक्षकले अक्टोबर २९ मा चारै दोषीलाई हिन्दी र अंग्रेजीमा लिखित नोटिस दिएको छ । उनीहरुसँग रिसिभिङ पनि लिएको छ । जेल स्रोतका अनुसार यी चिट्ठी पढ्न लगाइएको छ र त्यसको भिडियो रेकर्डिङ पनि गरिएको छ । यसैबीच अक्षय, विनय र पवनका वकिल एपी सिंहले यो मामलामा क्यूरेटिभ पिटिशन दायर गरिएको बताएका छन् ।
तल्लो अदालतलाई सूचना दिइनेछः
तिहाड जेलका महानिर्देशक संदीप गोयलले चारै दोषीलाई उनीहरुको कानूनी लडाई समाप्त भइसकेको जानकारी दिएको बताए । उनीहरुले यदि राष्ट्रपतिलाई यदि दया याचिका दर्ता गर्न चाहे त्यो एक हप्ताभित्र पूरा गर्नुपर्ने पनि जानकारी दिइसकेको महानिर्देशकले बताए । यदि दया याचिका दर्ता नभए यसको सूचना तल्लो अदालतलाई दिइनेछ र अर्को प्रक्रिया सुरु गरिनेछ ।